पोखरा, ३० चैत । लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सरकारी विद्यालयमा खानेपानी ट्यांकी निर्माण अभियान तीव्र पारेको छ ।
विद्यार्थीलाई शुद्व खानेपानी उपलब्ध गराउने उद्देश्यले स्वीस प्रविधिको खानेपानी ट्यांकी निर्माण अघि बढाएको हो ।
सन् २०१७/२०१८ मा ५ विद्यालयमा ट्यांकी निर्माण गरेको क्लबका अध्यक्ष अर्जुन पोखरेलले जानकारी दिए ।
‘सामाजिक कार्यअन्तर्गत यो अभियान अघि सारेका हौं,’ अध्यक्ष पोखरेलले भने, ‘खानेपानी ट्यांकी नभएका सरकारी विद्यालयलाई सहयोग गर्ने गरेका छौं।’
दश हजार लिटर क्षमताको ट्यांकी निर्माणका लागि करिब २ लाख २५ हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म खर्च हुने उनले बताए ।
ट्यांकी निर्माणको खर्च विभिन्न देशका विद्यार्थीले आफ्नो खाजा खर्चबाट कटाएर उपलब्ध गराउने र निर्माण कार्यमा समेत संलग्न हुने गरेका छन् । सो कार्यका लागि इन्गेजिङ योङ ग्लोबल सिटिजन इन सोसल सर्भिसले सहजीकरण गरेको छ ।
यसैबीच, क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा ३ स्थित कन्या माविमा खानेपानी ट्यांकी निर्माण गरी बिहीबार हस्तान्तरण गरेको छ।
लायन्स क्लबका डिष्ट्रिक गभर्नर धनराज आचार्यले खानेपानी ट्यांकीको उद्घाटन गरेका थिए ।
कार्यक्रममा गभर्नर आचार्यले लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै लायन्सले सामाजिक कार्य कसरी सम्पादन गर्ने भन्ने विषय यस क्लबबाट सिक्नुपर्ने उल्लेख गरे ।
क्लबका पूर्व अध्यक्ष सोनाम साङ्पोले क्लबको यो अभियानले सरकारी विद्यालय लाभान्वित भएको र लायन्सप्रति जनमानसमा सकारात्मक प्रभाव परेको बताए ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकी र क्लबका पूर्वअध्यक्ष ध्रुव श्रेष्ठले बोलेका थिए ।
कार्यक्रम सञ्चालन क्लब सचिव सूर्यप्रसाद बरालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९