पोखरा, ३० चैत । संघीय समाजवादी फोरम कास्कीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोर्कापण कार्यक्रम गरेको छ।
प्रमुख अतिथि पार्टीका राजनीतिक समिति सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले नयाँ वर्षको शुभकामना व्यक्त गर्दैै २०७५ साल पहिचान स्थापित, न्याय, समानता र फोरमको समृद्धिको वर्ष हुने बताए।
२०७४ सालमा संघीय समाजवादी फोरमले धेरै उपलब्धि हासिल गरेको भन्दै उनले आउँदो वर्ष थप उपलब्धि हासिल गर्ने गरी पार्टीका नेता कार्यकर्ताहरु जुट्न आग्रह गरे।
पूर्व सभासद तथा राजनीतिक समितिका सदस्य डिवी नेपालीले पहिचानविरोधी संघीयता असफल बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए ।
केन्द्रीय सदस्य तथा तमुवान सहइञ्चार्ज धनप्रसाद तामाङले २०७५ साल शक्ति आर्जनको वर्ष बनाउन जुट्नुपर्ने बताए।
वैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङले विगत लामो समयदेखि विभेद सहदै आएको वर्ग समुदायका लागि नयाँ दिन वर्ष आउन समानता र पहिचान प्राप्ति हुनुपर्ने बताए। अहिले पनि तमुवानको पहिचान मेटाउन षड्यन्त्र भइरहेकाले दबाब जरुरी छ भन्दै पार्टीलार्इ सशक्त बनाउन २०७५ साललाई संगठन निर्माणको वर्ष बनाउनुपर्ने उल्लेख गरे।
संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघीय समाजवादी महिला फोरमको केन्द्रीय सदस्य रत्न भट्टचन, महिला फोरमकी तमुवान मगरात सचिव तथा प्रदेश समिति सदस्य काशीमाया गुरुङ, प्रदेश समिति सदस्य किसन विश्वकर्मा, पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष क्या मेखबहादुर गुरुङ, पोखरा लेखनाथ महानगर वडा ३३ समितिका अध्यक्ष नारायण थापा, जिल्ला उपाध्यक्ष दिलिप गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने जिल्ला सचिव कुलबहादुर भुजेललेका कार्यक्रम सञ्चालन गरेका थिए।
प्रमुख अतिथि गणेशमान गुरुङ, डिवी नेपाली, धनप्रसाद तामाङ, काशीमाया गुरुङ, किसन विश्वकर्मा, जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ र जिल्ला सचिव तथा भित्ते पात्रो प्रकासन समितिका संयोजक कुलबहादुर भुजेलले पात्रोको भित्तेपात्रो संयुक्त लोकार्पण गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९