पोखरा, ३० चैत। श्रमिक बालबालिकालाई पोशाक तथा झोला र शैक्षिक सामग्री वितरण गरिएको छ। पोखराका विभिन्न घरमा बालश्रमिकका रुपमा काम गर्दै आएका र श्रमिक बालबालिकाको सर्म्पर्क केन्द्रमा अध्ययनरत १५ जना बालबालिकालाई पोशाक, झोला र शैक्षिक सामग्री वितरण गरिएको हो।
पोखरा लेखनाथ महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघको सहयोगमा श्रमिक बालबालिकाको सर्म्पर्क केन्द्र व्यवस्थापन समितिले सहयोग गरेको सो सामग्री पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले हस्तान्तरण गरे ।
कार्यक्रममा वडा सदस्य राममाया बिक, तालबाराही मावि व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारी, विद्यालय प्रधानाध्यापक भद्रकाली लामिछाने, नेपाली काँग्रेस वडा ६ का वडा इकाइ सभापति बलराम गिरी, राप्रपा प्रतिनिधि गणेशबहादुर ढकाल, पोखरा उद्योग वाणिज्य संघ बाल न्यूनीकरण कार्यक्रम अधिकृत प्रीति पाण्डे, स्वयंसेवक संयोजक धर्मराज खड्का, शिशु स्याहार केन्द्रका सूर्यनाथ पहारी र पोखरा महिला पर्यटन व्यावसायी मञ्चकी सचिव उमा भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
श्रमिक बालबालिकाको सर्म्पर्क केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रकी शिक्षक राममाया नेपालीले स्वागत र सहयोग समिति सदस्य विष्णुहरि अधिकारीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९