काठमाडौं, २८ चैत। ब्याजी डिआइजी सर्वेन्द्र खनाललाई सरकारले आइजीपी नियुक्ति गरेकोमा असन्तुष्ट जनाउँदै आएका अर्का डिआइजी रमेश खरेलले सेवाबाट राजीनामा दिएका छन्।
खरेलले बुधबार दिएको राजीनामालाई गृह मन्त्रालयले स्वीकृत समेत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्।
गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका हुन्। गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधानकार्यालयलाई जानकारी गराएको छ। मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए।
खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गतेसँगै निरीक्षकको परीक्षा उत्तीण्ा गरी प्रहरी निरीक्षक भएका थिए। खरेलले खनाललाई प्रहरी प्रमुखमा नियुक्ति भएलगतै आफूलाई अपमानित गरेको प्रतिक्रिया समाजिक सञ्जालमार्फत दिएका थिए। आफू अपमानित भएर प्रहरी सेवामा नरहने र राजीनामा दिएर बाहिर नै बसेर सहयोग गर्ने उनले बताएका थिए।
नियुक्तिप्रति असहमति रहे पनि सरकारको निर्णयविरुद्ध अदालतमा भने नजाने उनले स्पष्ट पारेका छन्। अघिल्लो सरकारले प्रहरी प्रमुख छनौट गर्दा विधि प्रक्रिया मिचेको भन्दै तत्कालीन डिआइजी नवराज सिलवालले सवोर्च्च अदालतमा मुद्दा दर्ता गरेपछि सरकारको निर्णय खारेज भएको थियो।
पहिलो निर्णय खारेज भई दोस्रो पटक गरेको निर्णयमा पनि उनले असन्तुष्ट जनाएर सवोर्च्चमा रिट गरेपछि प्रहरी प्रमुख नियुक्तिको विषय नागरिकमाझ समेत आलोचना र नकारात्मक चर्चाको विषय बनेको थियो। सवोर्च्चमा रिट दायर गर्ने क्रममा कार्य मूल्यांकन प्रतिवेदन नक्कली पेश गरेको भन्दै सरकारले सिलवाललाई नै पक्राउ गर्न निर्देशन दिएपछि तत्कालीन प्रहरी प्रशासनले तत्कालीन डिआइजी सिलवाललाई पक्राउ गर्न देशभर नै संयन्त्र परिचालन गरेको थियो। सिलवालले भने प्रहरी सेवाबाट राजीनामा दिँदै एमाले प्रवेश गरी ललितपुरको क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। यसैबीच, नेपाल प्रहरीमा प्रहरी महानिरीक्षकसहित एकैपटक दुर्इ दर्जनभन्दा बढी उच्च अधिकृतहरुले बुधबारबाट अवकाश पाएका छन्। प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृतले एकसाथ नियमित अवकाश पाएका हुन्।
अर्याल अवकाशमा जाने अघिल्लो दिनमा मंगलबार साँझ अबेरमात्र सरकारले नयाँ आइजिपीमा सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। अवकाश पाउनेहरुमा १६ जना एआइजी, ९ जना डिआइजी र १ जना एसएसपी रहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९