लेखनाथ २८ चैत। नेपाल रेडक्रस सोसाइटी शिशुवा उपशाखा (महानगर वडा २९ र ३०) को आयोजनामा बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ बुधबारदेखि नव वर्ष धार्मिक महोत्सव तथा पितृमोक्ष ज्ञान महायज्ञ शुरु भएको छ।
पृथ्वीराजमार्गअन्तर्गत पावर हाउसमा बैशाख ५ सम्म हुने महायज्ञ उद्घाटन गर्दै प्रदेश ४ का सांसद दीपक कोइरालाले धार्मिर्क गतिविधि माध्यमबाट विकास निर्माणको अभियानमा लाग्नु उदाहरणीय कार्य भएको बताए । उनले रेडक्रसजस्तो पवित्र संस्थाले आयोजना गरेको महायज्ञलाई सफल पार्नु हामी सबैको कर्त्तब्य भएको उल्लेख गर्दै सामाजिक क्षेत्रमा गरिने जुनसुकै काम विकासका सूचक भएको बताए ।
पोखरा लेखनाथ महानगरपालिका वडा ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले जहाँका जनता जागरुक हुन्छन्, त्यो क्षेत्रको विकासमा सरकारको पनि ध्यान जाने बताए ।
महायज्ञका प्रमुख वाचक भागवत् रसिक युवा गुरु ऋषिराम पौडेलले जहार्ँ इच्छा, त्यहाँ उपाय भनेजस्तै मन, वचन र कर्मले गरिने काममा भावनात्वक रुपमा सबैको साथ र सहयोग मिल्ने भएकाले कर्म गर्न छोड्न नहुने बताए।
महायज्ञ मूल आयोजक समितिका संयोजक विश्वमोहन पौडेलको अध्यक्षता भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति दण्डराज पौडेल, उपशाखाका पूर्व सभापति डिल्लीराम पौडेल, लेखनाथ उद्योग वाणिज्य संघतर्फबाट सूर्यमणि लामिछाने र सम्पूर्ण महिलातर्फबाट पार्वती आचार्य लगायतले धारणा राखेका थिए।
उपशाखाका सचिव दीपकराम ढेवाजुले सञ्चालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष विश्वराज लामिछानेले गरेका थिए।
‘धार्मिक तथा आध्यामिक चिन्तन, राष्ट्रशान्ति र समाज विकास’ भन्ने मूलनाराका साथ शुरु महायज्ञमा करिब ६० लाख संकलन गरी १० लाख खर्च भई करिब ५० लाख रुपैयाँ बचत हुने आयोजकको अपेक्षा छ ।
महायज्ञमा सामूहिक तुलादान, सामूहिक ब्रतबन्ध, ग्रहशान्ति, विश्वशान्ति, सामूहिक चौसारी पूजा र लाख लक्ष्यवर्ती द्वीप प्रज्वलन, सामूहिक कालर्सप योगशान्ति, पितृमोक्ष १ हजार ८ शाल्रि्राम परिक्रमा समेत गर्न पाइने छ।
महायज्ञ शुरु पूर्व भएको कलशशात्रा गनगौंडा हुँदै सेती नदीबाट शुद्ध जल बोकेर सैनिक वस्ती, खुँदीहुँदै पुनः यज्ञस्थल आएको थियो ।
Related News
सम्बन्धित समाचार
प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी
बहुउद्देश्यीय सामाजिक भवन निर्माण
बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र
सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान
प्रेस सेन्टर पदाधिकारीको सम्मान
hero news full width
मुख्य समाचार
शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९