नवलपरासी, २८ चैत। नवलपरासीका निकुञ्ज पीडितहरुले माछा मार्न पाउने आफ्नो अधिकारको ग्यारेन्टी गर्न माग गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
उनीहरुले सडक बन्ददेखि नारायणी नदीमा ५ सयको संख्यामा गएर सामूहिक माछा मारेर गिरफ्तारी दिनेसम्मका आन्दोलन सार्वजनिक गरेका हुन्।
फागुनमा २ जना बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन्। उनीहरुले आन्दोलनको क्रममा नवलपरासीमा रहेको ७ वटा मध्यवर्ती उपभोक्ता समिति र एउटा मध्यवर्तीबाट सञ्चालिन सहकारीमा तालाबन्दी समेत गरिदिएका छन्।
निकुञ्जले पक्राउ परेकालाई जनही ५ हजार धरौटीमा रिहा गरेको छ भने २ दिनअघि माछा मार्दै गरेका दुर्इ बाबुछोरालाई नियन्त्रणमा लिएको छ। नवलपरासी -बर्दघाट सुस्ता पूर्व) मध्यविन्दु नगरपालिका ३ ब्रम्हस्थान बोटेटोल बस्ने ४७ वर्षीय मेघा बोटे र उनका छोरा २४ वर्षीय रेशम बोटेलाई शनिबार नारायणी नदीमा माछा मार्ने क्रममा निकुञ्जले नियन्त्रणमा लिएको हो।
निकुञ्ज प्रशासनले उनीहरुले तियारी जाल प्रयोग गरेको र गस्तीमा रहेको सेनामाथि अपशब्द प्रयोग गरेका कारण नियन्त्रणमा लिएको जनाएको छ।
निकुञ्ज पीडितले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गरी आफ्नो नौबुँदे माग अगाडि सार्दै थप आन्दोलनमा जाने चेतावनी दिएका हुन्। उनीहरुले आफ्नो माग सुनुवाइमा दबाब दिन स्थानीय तहका अध्यक्ष/प्रमुख, नवलपरासी बर्दघाट सुस्ता पूर्वका सांसद निकुञ्ज वार्डेन, मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु सहितको सामूहिक छलफल हुनु पर्नेमा जोड दिएका छन्।
मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रिय उपाध्यक्ष एवम् माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएका माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई बिनाशर्त कानुनतः व्यवस्था गरिएको जंगली सागसिस्नो, कन्दमुल संकलन र माछा मार्नका लागि सहज वातावरण मिलाउनु पर्ने, माछा मार्ने लाईसेन्समा लिखित बुँदा तुरुन्तै परिमार्जन गर्नुपर्ने, माछा मार्ने पुरानो लाइसेन्स तुरुन्त नवीकरण गरी नयाँ दिनुपर्ने माग रहेको बताए।
त्यस्तै नेपाल बोटे समाजका केन्द्रिय महासचिव दीपक बोटेले आफूहरुको परम्परागत पेशालाई संरक्षणमा राज्य विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
पत्रकार सम्मेलनमा आफूहरुको माग तत्काल पूरा नभए चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा तालाबन्दी गर्ने, माछा मार्ने जाल, डुंगा सडकमै ल्याएर चक्काजाम गर्ने, नारायणी नदीमा सामूहिक रुपमा माछा मारेर सामूहिक गिरफ्तारी दिनेसम्मका आन्दोलन तय भएको बताइएको थियो।
पत्रकार सम्मेलनमा मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नवलपरासीका अध्यक्ष जीतबहादुर मुसहर, राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्य सन्तबहादुर माझी, सन्तकुमार माझी लगायत बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९