लमजुङ, २८ चैत। लमजुङमा बलात्कारका घट्ना बढेकोमा चिन्ता व्यक्त गरिएको छ। जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा अदालत तथा प्रहरी प्रशासनका प्रमुखहरू सहित सामाजिक अगुवाहरूले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्।
चालु चालु आव २०७४/७५ मा ८ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबै बलात्कारका घटनामा १६ वर्षभन्दा कम उमेरका बालिका पीडित भए। तीमध्ये सात वर्षमुनिका २, ८ देखि १२ वर्षका ३, १२ देखि १६ वर्षसम्मका ३ जना बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पद्मबहादुर विष्टले बताए।
उनका अनुसार बलात्कारका घटनामा संलग्न ७ जना पक्राउ परिसकेका र १ जना फरार छन्। जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ११ वटा बलात्कारका घटना भएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७१/७२ र ०७२/७३ मा ९/९ वटा बलात्कारका घटना जिल्ला दर्ता भएका थिए।
पक्राउ पर्नेमा आफ्नै छोरीमाथि पटक-पटक बलात्कार गर्ने गर्ने सुन्दरबजार नगरपालिका- ४ बाट ३५ वर्षका युवक छन्। उनले छोरीमाथि बलात्कार भएको रहस्य खुलेपछि उनकी पत्नीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा उनी चैत २१ मा पक्राउ परेका हुन् ।
गत फागुन १ मा रागिनास नगरपालिका- ६ मा एक मुख नबोल्ने सुस्तःमनस्थितिकी ११ वर्षीया बालिकालाई बलात्कार गर्ने बनेपा धुलिखेल स्थायी घर भई हाल रागिनास नगरपालिका बस्ने ५६ वर्षका ज्ञानबहादुर लामा पक्राउ परे।
त्यस्तै, गत साउन ६ मा दोर्र्दी गाउँपालिका- २ का ४६ वर्षीय सन्तबहादुर परियारले ५ वर्षीया नाबालिकालाई आफ्नै घरमा लगी जवरजस्ती करणी गरेको खुलेपछि परियारलाई प्रहरीले पक्राउ गरेको हो। यी त प्रतिनिधि घटनामात्र हुन्।
बलात्कारका अधिकांश घटनामा नाबालिका तथा किशोरी परेका छन्। बलात्कारका घटना बढ्नुको कारणबारे कुनै निकायबाट शोध गरिएको पाइँदैन। तर प्रहरीको अनुसन्धानले बढ्दो आधुनिकता, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोग र हातहातमा मोबाइल र इन्टरनेट तथा अभिभावकमा चेतनाको कमी र सचेत नहुनु जस्ता विषयलाई प्रमुख आधारका रूपमा लिइएको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए। उनका अनुसार मदिरा सेवन तथा अश्लील फिल्म लगायत सामग्री हेर्ने लत पनि अको कारक देखिएको छ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बलात्कार जस्ता जघन्य मुद्दामा कसैसँग सम्झौता गर्न नसकिने बताए। उनले भने ‘बलात्कार जस्तो जघन्य अपराधका मुद्दामा कुनै सम्झौता हुँदैन, कुनै पनि आस, त्रास वा दबाब स्वीकार्य हुन्न।’
प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले समाजका हरेक पक्ष आ-आफनो स्तरबाट यस्ता घटना न्यूनीकरणमा लाग्नुपर्ने बताए। उनले बलात्कारका घटना मिलापत्र गराउन प्रत्यक्ष अप्रत्यक्ष दबाब आउने गरे पनि त्यसलाई महत्व दिन नहुने बताए।
प्रहरी प्रमुख पदमबहादुर विष्टले जघन्य अपराधका घटनामा भनसुन तथा कसैको दबाब स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भनेे, ‘कसैको दबाब र भनसुनको परवाह गरिन्न।’
लमजुङ बार इकाइ अध्यक्ष कृष्णप्रसाद अधिकारीले यसबारेमा अभिभावक सचेत हुन जरुरी रहेको बताए। ‘यस्ता घटना न्यूनीकरण गर्न अभिभावकले आफ्ना बालबालिका वा छोराछोरीको गतिविधिमाथि निगरानी बढाउनुपर्छ’ अधिकारीले भने।
बलात्कारजस्तो जघन्य अपराधका मुद्दामा न्याय पाउन असहज हुनु, आर्थिक र राजनीतिक चलखेलका कारण आरोपी सहजै छुट्नु लगायत कारणले पनि बलात्कार गर्ने प्रवृत्ति हावी हुँदै गएको महिला अधिकारकर्मीहरूको भनाइ छ।
वेशीशहर नगरपालिकाको उपप्रमुख लक्ष्मी अधिकारीले गाउँस्तरमा सचेतनाका कार्यक्रम गर्न अवश्यकता औँल्याइन्।
‘बलात्कारका आरोपी छाडिदै गए भने अपराधीको मनोबल बढ्ने र घटना थपिने हुन्छ,’ महिला अधिकारकर्मी तथा लमजुङ जागरण साप्ताहिककी सम्पादक कमला केसी भनिन्। उनले थपिन्, ‘न्याय सम्पादन गर्नेदेखि राज्य र समाजका हरेक संयन्त्र जिम्मेवार बन्नु जरुरी छ।’
जिल्लामा बलात्कारका घटना बढ्दै गएपछि यसको नियन्त्रणका लागि लमजुङ प्रहरी सक्रिय भएको छ। जिल्लाका सरोकारवालासँग अन्तरक्रिया गरेको प्रहरीले साप्ताहिक रुपमा अभियानमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९