पोखरा, २८ चैत । कोकाकोला नेपालले विश्वकप फुटबलको अवसर पारेर नयाँ अभियान शुरु गरेको छ। कम्पनीले यस अभियानको नामाकरण ‘खेल्ने होइन त ?’ राखेको छ।
उक्त कार्यक्रमअन्तगत बुधबार पोखराको हल्लनचोक, रामबजार, पामे, बगर र तालचोकमा खेल्ने होइन त ? भन्ने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा विभिन्न ठाउँबाट आएका युवाहरुको बाक्लो उपस्थिति रहेको थियो। उनीहरुले यस कार्यक्रममा सहभागि भएर निकै रमाइलो गरेको अनुभव सुनाए । साथै, विजेता टिमले विभिन्न आर्कषक कोकाकोलाको लागोअंकित उपहार जितेका छन् । अभियानको उद्देश्य मानिसलाई फुटबल खेल्न आह्रवान गर्ने र ‘कोक खाम् रसिया जाम्’ भन्ने क्याम्पेनबारे जानकारी दिनु रहेको जनाइएको छ ।
कोकाकोलाले यसअघि सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्तगतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान सञ्चालन गरेको हो ।
कोकाकोलाले यस अभियानलाई सबै ठाउँमा पुर्याउने उद्देश्यले विशेषभ्यान सहायताले हरेक चोक चोकमा पुगेर युवालाई खोलाउँदै आएको छ। काठमाडौं’, भक्तपुर र ललितपुरमा मात्र सिमित नभई, यो अभियान नेपाल भरिको ३० वटा शाहरमा जाँदै छ।
खेल सम्पन्न भएपछि विजेताले कोक लोगोअंकित उपहार पाउने छन्।
कोकाकोलाले रसियामा हुने विश्वकप हेर्न ४० जनालाई लाने घोषणा गरेको छ भने करिब १२ हजार ६ सय जनाले पूरै क्याम्पेनमा विजेता बन्ने मौका पाउने छन्। जसमा फिफा लोगो अंकित विशेष उपहार दैनिक २ हजार जनाले पाउनेछन्। यो अभियान देशका ३० शहर तथा २० भन्दा बढी ग्रामीण भेगमा पुग्ने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९