चोकासंग्रह ‘राजमहल’ लिएर आए देशभक्त

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७४
deshbhakta

पोखरा, २८ चैत । चार महिनायता लगातार कृति सार्वजनिक गर्दैआएका देशभक्तसिंह कुँवरले फेरि चोकासंग्रह पाठकसमक्ष ल्याएका छन् । बहुआयामिक प्रतिभाका धनी कुँवरको चोकासंग्रह ‘राजमहल’ प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार विमोचन गरे । मन्त्री गुरुङले प्रदेश ४ संस्कृति र साहित्यको धनी क्षेत्र भएको उल्लेख गर्दै यसको उचित संरक्षण हुनुपर्ने बताए। उनले सर्जकलाई राज्यले सम्मान गर्नुपर्ने बताउँदै स्रष्टा कुँवरलाई अझ सफलताको शुभकामना दिए ।

कार्यक्रममा साहित्यकार शान्तिनारायण श्रेष्ठ, दुर्गाबहादुर शाह बाबा, फिल्म निर्देशक घनश्याम लामिछाने, चित्रकार कृष्ण मर्सारी, गायक तथा संगीतकार एनजे सागर लगायतले स्रष्टालाई शुभकामना दिए । स्रष्टा कुँवरले साहित्यिक क्षेत्रमा लगाव आफ्नो प्यास भएको बताए । मेघा एफएमको आयोजनामा भएको सो कार्यक्रममा स्वागत एफएमकी प्रशासन प्रमुख तिर्सनालक्ष्मी गुरुङले गरेकी थिइन् । संचारकर्मी अम्बिका राणाले स्रष्टा कुँवरको परिचय र कृतिबारे बोलेका थिइन् भने संचालन संचारकर्मी अनिशा श्रेष्ठले गरेकी थिइन् ।

एफएमका अध्यक्ष क्षेत्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यिक व्यक्तित्व तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । स्रष्टा कुँवरको गत मंसिर १६ मा गजलसंग्रह ‘लभ स्टेशन’ र डेढ घण्टामै लेखिएको मुक्तकसंग्रह सेतो संसार गत माघ २७ मा विमोचन भएको थियो । यस्तै, एक घण्टामै लेखिएको हाइकुसंग्रह ‘अमृतप्रेम’ गत चैत १ मा विमोचन भएको थियो । पोखरा वाङ्मय प्रतिष्ठान प्रकाशक रहेको चोकासंग्रहमा १ सय ३६ वटा चोका समेटिएका छन्। जापानी साहित्यबाट नेपाल भित्रिएको चोका पाँच, सात, पाँच, सात अक्षरमा लेखिन्छ । मेघा एफएमका प्रबन्ध निर्देशक स्रष्टा कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया र कुँवर राणा गार्डेन सोसाइटीमा हाल अध्यक्ष छन्। २०४८ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा गायन प्रस्तुतसँगै  साहित्यिक क्षेत्रमा हात हालेका कुँवरले नायक, गायक, संगीतकार, गीतकार, निर्देशक र साहित्यकारको परिचय बनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width