हेमजा, २८ चैत । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पठनपाठनको विषयलाई लिएर शिक्षकलाई गाली गलोज गर्न नपाइने बताएका छन् ।
उनको शिक्षकको कमजोरी देखिए स्वयम् शिक्षकलाई सम्झाउनुपर्ने, त्यसबाट पनि सुधार नआए विद्यालयका प्रअ, गाउँ शिक्षा अधिकारी हुँदै गाउँपालिका अध्यक्षसम्मलाई जानकारी दिन सकिने तर शिक्षकलाई व्यक्तिगत रूपमा गालीगलोज गर्नु निन्दनीय हुने उल्लेख गरे ।
अन्नपूर्ण गाउँपालिका-३, पाउँदुरकोटस्थित पाउँदुर आधारभूत विद्यालयको ५९ औं वाषिर्कोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलार्ई बुधबार सम्बोधन गर्दै अध्यक्ष कुँवरले सो कुरा बताएका हुन् ।
अध्यक्ष कुँवरले विद्यार्थी थोरै भए भनेर सरकारी विद्यालयले चिन्ता मान्नु नपर्ने तर्क अगाडि सार्दै विद्यालयमा कार्यरत शिक्षकलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव पनि दिए । गाउँ शिक्षा अधिकारी बलराम भुगाईले विद्यार्थी संख्या वृद्घिगरी विद्यालय मर्ज हुनबाट जोगाउन अभिभावकसँग आग्रह गरे ।
विद्यालयको समग्र अवस्था प्रस्तुत गर्दै विद्यालयका प्रअ नेत्रप्रसाद सुवेदीले विद्यालय बचाउने प्रमुख दायित्व अभिभावकको रहने दावी गर्दै विद्यालयले अंग्रेजी माध्यम मार्फत पठनपाठन अगाडि बढाइरहेको बताए । उनले विद्यालय भवन निर्माण तथा अन्य कार्यहरूमा सहयोग गर्ने सबैप्रति आभार समेत प्रकट गरेका छन् ।
धारापानी माविका शिक्षक सन्देश पौडेलले शिक्षकको धर्म विद्यार्थीलाई राम्रो बनाउनु रहेको ठहर गर्दै विद्यालयको दिगो विकासका लागि गुरुयोजना निर्माण महत्वपूर्ण रहने औल्याए ।
वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले गाउँपालिकाको शिक्षा नीति प्रष्ट भइनसकेको जनाए ।
कार्यक्रमबीच शैक्षिक सत्र २०७४ को शैक्षिक पुरस्कार, अतिरिक्त क्रियाकलाप पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका सहायक प्रअ एकनारायण अधिकारीले स्वागत र शिक्षक विश्वनाथ पौडेलले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आज सहिद दिवस
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९