पोखरा, २६ चैत । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनप्रतिनिधिसँग अटेर गरेको गाउँपालिकाका जनप्रतिनिधिहरुको गुनासो छ ।
अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुले एक्यापले सरकारभन्दा ठूलो ठानेर जनप्रतिनिधिलाई हेप्ने काम गरेको गुनासो गरे । गाउँपालिका अध्यक्ष युवराज कुँवरले जनताले संरक्षण गरेका सम्पत्ति प्रयोग गर्दा पनि अनेक बाधा झिकेर एक्यापले दुःख दिने गरेको आरोप लगाए । ‘हामीले हाम्रै निम्ति हामीले नै हुर्काएको रुख, हामीले संरक्षण गरेको श्रोतसाधन हामीले प्रयोग गर्न पाउँदैनौं भने त्यसको के काम – पर्यावरण नबिग्रिने गरी प्राकृतिक श्रोत चलाउन पाउने हामीलाई संविधानले अधिकार दिएको छ,’ उनले भने, ‘जनताले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ । अब एक्यापले बुझे हुन्छ जनताको काम हुर्काउने मात्रै होइन ।’ जनअधिकारमा जबर्जस्ती गर्न खोजे एक्यापको कार्यालयमा तालाबन्दी गरिदिने उनको चेतावनी छ । गाउँपालिकाले आयोजना गरेको चालु वर्षको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई वीरेठाँटीमा एक्यापका कारण जनताले दुःख पाएको गुनासो नागरिकले गरेपछि कुँवरले जनताको हितविपरीत काम गरे एक्याप बन्द गरिदिने चेतावनी दिएका हुन् । ‘एक्यापको दिर्ग्दर्शनले जनप्रतिनिधिलाई गन्दैन भने हामीले एक्याप गन्नुपर्छ भन्ने छैन । जनताले भोट दिएर जिताएको व्यक्तिलाई जनप्रतिनिधि नमान्ने एक्याप हामीलाई पनि चाहिँदैन,’ उनी भन्छन्, ‘जनभावनाविपरीत काम गरिरहने हो भने जनप्रतिनिधि गएर एक्याप कार्यालयमा ताला लगाईन्छ । अध्यक्षले ताला लगाउँछ ।’ वीरेठाँटीका स्थानीय टेकबहादुर गुरुङले आफ्नै जग्गाको काठ अर्को वडामा चिर्न लैजाँदा एक्यापले रोक्ने र जरिवाना तिराएको गुनासो गरेका थिए ।
पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेका, गाउँपालिका र वडा कार्यालयको भवन ब्यवस्थित नभएको, बजेट र कार्यक्रमबारे जनताले जानकारी नपाएका, योजनाको अनुगमन प्रभावकारी हुन नसकेको, न्यायिक समितिको प्रभावकारिता लगायत गुनासो गरेका थिए ।
गुनासोको सुनुवाई गर्दै गाउँपालिका अध्यक्ष युवराज कुवँरले पहिलो वर्ष भएकाले केही कमीकमजोरी भए पनि आगामी वर्षदेखि पूर्ण सुधारसहित सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाको स्थायी केन्द्र तय गरेर अव भवन निर्माण गर्ने, सबै जनताले थाहा पाउने गरी वडा तहमै योजना र बजेटबारे सार्वजनिकीकरण गर्ने बताए । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सगुन गुरुङले भर्खरै न्यायिक समिति गठन गरेर काम थालिसकेको बताइन् । ‘भर्खरै ३ सदस्यीय समिति गठन भएको छ । अहिलेसम्म ८ वटा उजुरी पनि आइसके,’ उनले भनिन्, ‘पुराना सीमाना विवादहरु भएकाले अध्ययनको काम भैरहेको छ । त्योभन्दा पहिले कानूनी सल्लाहकार नियुक्त गर्ने तयारीमा छौं ।’
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ लगायतले गाउँपालिकाका निर्णय जनस्तरमा सार्वजनिक हुनुपर्ने, हरेक कार्यक्रममा नागरिकलाई बढी सहभागी गराउनुपर्ने लगायत सुझाव दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले गाउँपालिकाले योजना छनौट शुरु गरेकाले वस्तीस्तरमा आफ्ना योजना माग गर्न आग्रह गरे । गाउँपालिका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका तोयानाथ तिमिल्सिनाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९