पोखरा, २६ चैत युवा सन्त श्रीनिवासाचार्य महाराजमाथि गत शनिबार विराटनगरमा भएको गोली प्रहार घटनाले हिन्दूवादीहरु आन्दोलित भएका छन्।
यसैक्रममा कास्कीमा पनि हिन्दूवादीहरुले घटनाको विरोध गर्दै सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
घटनाको विरोधमा आन्दोलनको अगुवाई गरेको विश्व हिन्दू महासंघका जिल्ला अध्यक्ष शंकर खरालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रजिअ तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै गोलीप्रहार घटना निन्दनीय भएको र घाइते श्रीनिवासाचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको छ।
सनातन हिन्दू राष्ट्र पुनस्र्थापना आन्दोलनका अग्रणी व्यक्तित्व श्रीनिवासाचार्यलाई सुतिरहेको अवस्थामा गोली प्रहार गरिनुले परम्परादेखि एक धर्मले अर्को धर्मलाई गरिँदैआएको सम्मानमा आँच पुर्याउने सो घटना निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले सो घटनाको सूक्ष्म अध्ययन गरी यस्ता घटना तत्काल नियन्त्रण नगरे भविष्यमा धार्मिक द्वन्द्वको विरारोपण हुन सक्ने भएकोले सनातन हिन्दूवादीहरुलाई कायरतापूर्वक आक्रमणबाट कमजोर बनाउने दिवास्वप्न नदेख्न चेतावनीसमेत दिइएको छ।
त्यसअघि केदारेश्वरमा भएको पत्रकार सम्मेलनमा घटनाको निन्दा गर्दै आगामी दिनमा यस्ता घटना दोहोर्याए आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिइयो।
कार्यक्रम विश्व हिन्दू महासंघ कास्कीका संरक्षक एवं केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा लेखनाथ आचार्यको अध्यक्षतामा भएको महासंघ जिल्ला उपाध्यक्ष पार्वती पौडेलले जानकारी दिइन्।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९