काठमाडौं, २६ चैत । नेपाली काँग्रेसले सरकारले जारी गरेको श्वेतपत्र निराशाको ‘लालपत्र’ भएको दावी गरेको छ ।
पार्टीकार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेसले अनेक प्रतिकूलता र निराशाबीच सम्पन्न भएका सबै निकायका निर्वाचनले देशभर नै नयाँ उत्साह सञ्चार भएको बेला सरकारले विगतका सरकारका सबै निर्णय गलत रहेको भ्रम छर्ने प्रयत्न गरेको समेत जनाएको छ ।
वर्तमान सरकारले विगतका सरकारहरुले हासिल गरेको आर्थिक उपलब्धिलाई नकार्ने र शून्यबाट समृद्धिको शुरुवात गर्न लागेको भन्ने भ्रम स्थापित गर्ने प्रयत्न गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । श्वेतपत्रमा धरायासी अर्थतन्त्र नेपाली काँग्रेसले छोडेको र आफूहरुले सम्हालेको भन्ने धारणा स्थापित गर्ने मनोविज्ञानको जगमा वामगठबन्धनको सरकार उभिएको उनले बताए । श्वेतपत्रमा बितेको २५ वर्षमा ६२ गुणाले वृद्धि भएको राजस्वको तथ्य उल्लेख नभएकोमा काँग्रेसले रोष प्रकट गरेको छ । सरकारद्वारा जारी गरिएको श्वेतपत्रको नियत आर्थिक परिसूचक र सर्न्दर्भको संगतीपूर्ण प्रष्टताले नभएर राजनीतिक पूर्वाग्रहबाट बनाइएको नेपाली काँग्रेसको दाबी छ ।
काँग्रेस प्रवक्ता शर्माले ‘हिँड्न नचाहेको तर छोड्न पनि नसक्ने’ अर्थनीतिको गम्भीर मनोवैज्ञानिक विरोधाभाषको मनोवैज्ञानिक जमिनमा श्वेतपत्र उभिएको जिकिर गरे । ‘कम्युनिष्टहरुले काँग्रेसको अर्थनीति गलत छ भन्ने तर केही पपुलिष्ट कार्यक्रम गाँसेर काँग्रेसले रोजेको अर्थनीति पछ्याउँदै आएका छन्,’ उनले भने, ‘हिँड्न नचाहेको तर छोड्न पनि नसक्ने अर्थनीतिको गम्भीर मनोवैज्ञानिक विरोधाभाषको मनोवैज्ञानिक जमिनमा श्वेतपत्र उभिएको पष्ट छ ।’
पछिल्लो १० वर्षमा मुलुकको नेतृत्व गर्दा भएका बेथितिमध्ये प्रतिपक्षी काँग्रेसले आफ्नो भागमा पर्ने दोषको अंश लिन तयार रहेको भन्दै बेथितिको भागबन्डा गर्दा दुर्इ तिहाई अंश कम्युनिष्ट दलहरुको भागमा पर्ने पनि प्रस्ट्याउन खोजेको छ ।
‘विगत एक दशकमा अधिकांश समय मुलुकको सत्तामा कम्युनिष्ट प्रधानमन्त्री अथवा कम्युनिष्ट अर्थमन्त्रीले नेतृत्व सम्हालेका छन् । ७६ प्रतिशतभन्दा बढी समय गैरकाँग्रेसीहरुले नेतृत्व लिएका छन् । यो अवधिमा भएका बेथितिको हाम्रो भागको अंश लिन काँग्रेस तयार छ,’ प्रवक्ता शर्माले भने ।
पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता शर्माले सकारात्मक आँकडामा आँखा चिम्लेर श्वेतपत्र आएको र सरकार चुनावी बाचाबाट भाग्न खोजेको पनि आरोप लगाए ।
‘अर्थतन्त्रका कमजोरी टिपोट गर्दैगर्दा त्यसमा भएका सकारात्मक पाटोहरुलाई नागरिक पंक्तिमा राखेर नागरिकमा नवीन आशा भर्ने दिशामा लगेर नवीन सपना देखाउनुको सट्टा सरकारले जनतामा निराशा भर्यो । निजी क्षेत्रलाई श्वेतपत्रले बेवास्ता गरेको छ, निजी क्षेत्रलाई हतोत्साहित गर्ने कदमप्रति काँग्रेसको बिमति छ,’ शर्माले भने । काँग्रेसले असंगतिपूर्ण तथ्यांकहरु र निराशाजनक विवरण राखेर कम्युनिष्ट गठबन्धनको सरकारले आर्थिक श्वेतपत्रको नाममा ‘लालपत्र’ जारी गरेको आरोप पनि लगाएको छ ।
Related News
सम्बन्धित समाचार
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
hero news full width
मुख्य समाचार
घान्द्रुक होटलका पायोनियर
अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०घान्द्रुक घुम्न चक्रीय पदमार्ग
असाेज ६, २०८०