लमजुङ, २६ चैत । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले प्रदेश ४ का ११ वटै जिल्लालाई खेलकुदमा आकर्षण गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सरकारले खेलकुदको क्षेत्रलाई प्रथामिकता दिएर काम गर्नेछ । राज्यलाई अन्तर्राष्ट्रिय रंगमञ्चमा चिनाउन स्थानीय, प्रादेशीक र केन्द्रीय सरकारले खेलकुदको क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्छ ।’ प्रदेशले खेलकुदको योजना बनाउदै गर्दा गाउँ सरकार र नगर सरकारले पनि सहयोग गर्नुपर्ने उनले बताएका छन् ।
गुरुङले पर्यटन प्रवद्धनको लागि पनि खेलकुदको विकास आवश्यक रहेको बताएका छन् । उनले जिल्लामा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गर्न सकेमा खेलको विकाश र खेलाडीहरुले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना हुने बताए । उनले जिल्लालाई खेलको माध्यमबाट चिनाउनको लागि गाउँ गाउँमा फुटबल खेलमैदान आवश्यक रहेको बताउँदै लुकेर रहेका प्रतिभालाई खेलको माध्यमबाट चिनाउनु पर्ने समेत उल्लेख गरे ।
उनले प्रदेशको तर्फबाट योग्य खेलाडी उत्पादन गरी प्रदेशलाई खेलकुदकै माध्यमबाट चिनाउन खेलकुदको योजना बनाएको जानकारी दिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा सञ्चालन गरिएको हो । प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयमा संचालन गरिने प्रतियोगिताको यो वर्ष जिल्लाकै सहजी खेलमैदानमा शुरु गरिएको छ ।
प्रतियोगितामा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धा गरिरहेका छन् । सो प्रतियोगितामा जिल्लाका ५५ विद्यालयले भाग लिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोबिन्द बस्नेतले बताए । उनका अनुसार प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, सटफुट, ज्याभलिन थ्रो, हाईजम्प, टि्रपलजम्प, लङजम्प र दौडमा लगायत इभेन्टमा प्रतिष्पर्धा हुने छ ।
लमजुङमा २०६५ सालबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिँदैआएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९