पोखरा, २६ चैत । नेपालका निजी रेडियोहरुको संस्था ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) को महासचिवमा पहिलो पटक महिला विजयी भएकी छन् ।
बानको काठमाडौंमा सम्पन्न छैठौं साधारणसभाले दुर्गा अधिकारीलाई महासचिवमा विजयी गराएको हो । रेडियो सफलताकी प्रबन्ध निर्देशक अधिकारी डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । बानको अध्यक्षमा भने चन्द्र न्यौपाने निर्वाचित भएका छन् । काठमाडौंमा भएको अधिवेशनले सप्तकोशी एफएम इटहरीका प्रबन्ध निर्देशक न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा कुमार भट्टराई, उप-महासचिवमा गोविन्द कुशियारी, सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नवीन राई लगायत सदस्य सर्वसम्मत चयन भए।
प्रदेश १ को संयोजकमा सन्देशदास श्रेष्ठ र उप-संयोजकमा गिरीराज भट्टराई, प्रदेश २ को संयोजकमा आरसी यादव ३ को संयोजक विपीन ढुंगाना, प्रदेश ४ को संयोजक किरण लोहनी, प्रदेश ५ को संयोजक माधव नेपाल सर्वसम्मत चयन भएका हुन् । प्रदेश नम्बर ७ को संयोजकमा भने ज्ञानेन्द्र महतारा विजयी भए।
सबै पदमा सर्वसम्मत भए पनि प्रदेश नम्बर ७ को संयोजकका लागि चुनाव भएको थियो । प्रदेश नम्बर ६ मा भने सदस्य रेडियो नभएकाले कमिटि चयन भएन ।
यस्तै बानको केन्द्रीय कमिटीमा ४ जना महिला विजयी भए। २३ सदस्यीय केन्द्रीय कमिटीमा रेडियो जननीकी हिरा भट्टराई, चितवनकी मुना गुरुङ, धरानकी हिमाल राई केन्द्रीय सदस्य पदमा र उदयपुरकी रेणु पराजुली र रुपन्देहीकी उषाकिरण पन्थ आमन्त्रित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९