पोखरा, २६ चैत। पोखरा लेखनाथ महानगपालिका वडा १३, आर्वास्थित रतनपाण्डे माविमा आगामी शैक्षिक सत्रका लागि भर्ना अभियान शुरु भएको छ। पहिलो दिन सोमबार नै २५ जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालय प्रअ डिल्लीराम बरालले जानकारी दिए।
विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ। प्राथमिक उपचार सहितको बालमैत्री सो विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीलाई डे बोर्डस् व्यवस्था छ भने यसै वर्षदेखि कक्षा ११ मा व्यवस्थापन संकायको कक्षा सञ्चालन हुने योजना छ।
भर्ना अभियानको उद्घाटन वडा अध्यक्ष दर्शन लामाले विद्यालयको भर्नासम्बन्धी रेडियो जिङ्गल बजाएर शुरुवात गरेका हुन््। सो अभियान मंगलबार र बुधबार पनि चल्नेछ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय प्रअ बरालले विद्यालयको योजनाबारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष देवराज पौडेल, सहायक प्रअ सोमनाथ अधिकारी, शिक्षक प्रतिनिधि संगीता पोखरेल, सल्लाहकार सरोजनाराण बराल र सूर्यप्रसाद बराल लगायत बोलेका थिए।
विद्यालयमा यसै वर्षदेखि विद्युतीय हाजिरी मेसिन, प्रोजेक्टर व्यवस्था, चमेनागृह,र्र् इ-लाइब्रेरी, विज्ञान प्रयोगशाला, नर्सरीदेखि ३ सम्म विद्यालय खाजा कार्यक्रम, भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक व्यवस्था गरिएपछि विद्यालयमा भर्नामा आकर्षण बढेको बताइएको छ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९