पोखरा, २६ चैत । मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा मणिभद्र मुनिजी महाराजको ५२ औ शुभजन्मोत्सव अवसरमा मानव सेवा आश्रममा भाँडा वर्तन सहयोग गरिएको छ ।
मानव मिलन नारी जागरण नेपालका पदाधिकारी तथा सदस्यले आफ्नो खर्च कटाएर स्वतःस्फूत रुपमा आश्रमका लागि सो सहयोग गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि आदर्श समाज दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोलाले १ थान राइस कुकर, १ थान प्रेसर कुकर, ४० थान थाल, ४० थान गिलास, ४० थान चम्चा र ४० थान कचौरा आश्रमलाई हस्तान्तरण गरेकी थिइन् ।
सो क्रममा बास्तोलाले आश्रममा गरेको सेवा वास्तविक सेवा हो भन्दै सहयोगको प्रशंसा गरिन् ।
आश्रमका अभियन्ता संजिता गौतमले आश्रमबारे जानकारी दिँदै सो आश्रम नवौं आश्रम भएको बताइन् ।
मानव मिलन संस्थाको तर्फबाट सहयोग गर्नेमा सविता बराल, कमला गिरी, मेनुका पोख्रेल, देवीकुमारी बराल, सुनिता जिसी, राधा बराल, पूजा बस्नेत, शोभा महत, रुक्मिणी खड्का, कामना लम्साल, सावित्री शर्मा, प्रभा गौतम, तारा अधिकारी, गीता पोख्रेल, सुमित्रा कुँवर, माया खाँण, शान्ति सुवेदी, गौमती बिक, अनिता कार्की, लक्ष्मी पौडेल, विष्णु गैरे, रमा ढकाल, पार्वती गौतम, दुर्गा कार्की भण्डारी, दुर्गादेवी बास्तोला, पार्वती पौडेल लगायत थिए ।
सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष पार्वती पौडेल, संस्थापक अध्यक्ष सावित्री शर्मा, आजीवन सदस्य प्रभा बरालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष सविता बरालको अध्यक्षतामा भएको हो । कार्यक्रममा उपाध्यक्ष कमला गिरीले स्वागत र सहसचिव सुनिता गिरीले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९