चितवन, २४ चैत । गृहमन्त्री रामबहादुर थापाले अतिवादी क्रियाकलापविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलना बोल्दै थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका क्रियाकलाप अतिवादी खालका हुँदै गएको बताए ।
राजनीतिक मुद्दा व्यवस्थापन गर्न सरकार तयार रहेको बताउँदै उनले अराजनैतिक क्रियाकलाप गर्ने छुट कसैलाई नभएको बताए । उनले भने, ‘शान्ति कायम गर्ने जिम्मेवारी गृह मन्त्रालयको हो । अपराध नियन्त्रयण र जनतालाई प्रभावकारी सुरक्षा सेवा दिने सम्बन्धमा पनि हामी प्रतिबद्ध भएर काम गर्छ ।’
स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई राजीनामा गर भन्ने खालका गतिविधिलाई राजनैतिक भन्न नसुहाउने भन्दै उनले शान्तिसुरक्षामा खलल पर्ने खालका जो सुकैका क्रियाकलापलाई सरकारले नियन्त्रण गर्ने बताए ।
विप्लव नेतृत्वको नेकपाले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसविरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी उनले दिए । उनले भने, ‘शान्ति, स्थायित्वविरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिँदैछ त्यो सरकारलाई स्वीकार्य छैन ।’
गृहमन्त्री थापाले भने, ‘हाम्रो जिम्मेवारी देशलाई शान्ति, स्थिरता र स्थायित्व कायम गर्ने हो, देशलाई फेरि अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ यो हुन सक्दैन ।’
विप्लव नेतृत्वको नेकपाले संविधान र कानून विरोधी गतिविधि गरिरहेको भन्दै उनले यो गैरराजनीतिक गतिविधि सरकारले रोक्ने बताए ।
गृहमन्त्रालयले केही दिन अघि कार्ययोजना सार्वजनिक गरेको भन्दै उनले विकास, सम्वृद्धि र सुशासनका लागि देशमा शान्ति सुरक्षा, अमनचयन कायम गर्नुपर्ने बताए ।
उनले वैशाखको दोस्रो सातासम्ममा दुर्इ कम्युनिष्ट पार्टीएक हुने भन्दै यसले विश्वका सबै अग्रगामी शक्तिलाई प्रेरणा दिने बताए । गृहमन्त्री थापाले अब प्रहरी महानिरीक्षक नियुक्तिमा कुनै विवाद नआउने भन्दै नियमसंगत र वैज्ञानिक ढंगले काम गरिने दावी गरे ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९