नवलपुर, २४ चैत । छ करोड रुपैयाँ लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको बिरामी आवास भवन उद्घाटन गरिएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संस्थाको साधारणसभाको अवसर पारेर सो भवन उद्घाटन गरेका हुन् । उनले प्राकृतिक चिकित्सालय नवलपुरकै मात्र नभई प्रदेशकै गौरवको विषय भएको बताए। उनले रजहरको प्राकृतिक चिकित्सालय यहाँमात्र नभई प्रदेशका विभिन्न जिल्लामा यसको शाखा विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
मुख्यमन्त्री गुरुङनले जनताले राज्यबाट प्राप्त गर्नुपर्ने सम्पूर्ण सुविधा सबै जनतासमक्ष समानरुपले पुर्याउने भन्दै अबको २ वर्षभित्र प्रदेश ४ का सबै जनताको घरमा बिजुली सुविधा र खानेपानी आपूर्र्ति गर्ने बताए।
कार्यक्रममा अन्य वक्ताले प्राकृतिक चिकित्सालयको संरक्षण र स्तरोन्नतिका लागि जोड दिएका थिए । भवन निर्माणमा सरकारले ५ करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैले जुटाएको हो । भवनमा ७२ वटा कोठा छन् । चिकित्सालयमा हाल ८० जना बिरामीले आवासीय सुविधासहित उपचार गराउँदै आएका छन् । भवन निर्माणसँगै आवासीय क्षमता १ सय ५० पुगेको चिकित्सालयका सचिव प्रदीपराज घिमिरेले जानकारी दिए ।
आवासीय भवन १ सय ५० जनाको पुगे पनि उपचार भवन ८० जनाको मात्रै हुँदा समस्या हुने देखिएको घिमिरेले बताए । पछिल्ला वर्षमा बिरामीको चाप निकै बढ्दै गएको व्यवस्थापक सापकोटाले जानकारी दिए ।
चिकित्सालयले यसै वर्ष आधुनिक उपचार उपकरण समेत भित्राएको छ । कोलन हाइड्रोथेरापी, सर्कुलर जेट बाथ लगायत अन्य उपचार उपकरण थपिएको प्रबन्ध निर्देशक डा विनोद पौडेलले बताए ।
आगामी वर्ष थप १ सय ५० बेड क्षमता थप गर्ने गरी काम अघि बढाइएको जानकारी डा पौडेलले दिए । चिकित्सालयका व्यवस्थापन समिति अध्यक्ष सन्तबहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्य प्रदेशका सांसद, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९