पोखरा, २४ चैत । कोइराला सेवा समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको १८ औं वाषिर्क साधारण सभा अवसरमा शनिबार हेरम्ब महाकाव्य विमोचन गरिएको छ ।
कवि रामनाथ अधिकारी संगीद्वारा रचित समाजका अगुवा शिक्षासेवी हेरम्व कोइरालाको जीवनीमा आधारित सो महाकाव्य संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले विमोचन गरेका हुन् ।
महाकाव्यमा ५ सय ९२ पृष्ठ, २ हजार ६ सय ३० श्लोक र २५ वटा छन्द छन् ।
कृति विमोचन गर्दै प्राडा कुलप्रसाद कोइरालाले कुनै पनि असल व्यक्तिको जीवनी लेखिनु सकारात्मक कदम भएको बताए । उनले हेरम्ब महाकाव्य जीवित मान्छेको तस्वीर भएको ब। कृतिमाथि टिप्पणी गर्दै प्रा नारायणप्रसाद अधिकारीले हेरम्बको नाममा लेखिएको महाकाव्यमा रचनाको हिसाबले तलमाथि भए पनि सम्झनालायक पुस्तक तयार भएको बताए ।
प्राडा माधव भट्टराईले मानिसलाई मरेपछि गुनगान गाउनुभन्दा जीवित छँदै उसको बारेमा केही बोल्नु र लेख्नु राम्रो हुने बताए ।
सो अवसरमा सांसदद्वय दीपक र प्रभा कोइरालासहित समाजका उत्कृष्ट अंक ल्याएर विद्यावारिधी गर्ने छोराछोरी, विभिन्न सामाजिक व्यक्तित्वलाई सम्मान र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
समाजका अध्यक्ष देवदत्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष देवदत्त कोइराला, सचिव प्रकाश कोइराला र कोषाध्यक्ष वसन्त कोइरालालेे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९