पोखरा, २४ चैत । योङ कम्युनिष्ट लिग (वाईसियल) कास्की अध्यक्षमा भोजराज पौडेल चयन भएका छन । जिल्ला सम्मेलनपछि शनिबार बसेको पहिलो बैठकले पौडेलको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति वरिष्ठ उपाध्यक्षमा एंगेल्स कार्की, उपाध्यक्षमा विमला खड्का र सन्देश पुन, सचिव अनिल परियार, सहसचिव निर्मल बास्तोला, रुद्र विश्वकर्मा र सन्तोष अधिकारी तथा कोषाध्यक्षमा ड्रागन बुढामगर छन् । बैठकले रामबहादुर थापामगरलाई जिल्ला इञ्चार्ज र सन्तोष सोनामलाई सहईन्चार्ज तोकेको छ ।
त्यसैगरी, अनुशासन विभाग प्रमुखमा श्रीकान्त अधिकारी, लेखा आयोग विभाग प्रमुख लक्ष्मण अधिकारी, खेलकुद विभाग प्रमुख फरान खान, स्वयमसेवक प्रमुख भरत भट्टराई, शिक्षा विभाग प्रमुख जयन्ती लामिछाने र महिला विभाग प्रमुख कमला ढकाल छन् ।
माओवादी केन्द्र कास्कीका इञ्चार्ज राजकाजी गुरुङले नेकपा एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टीएकता हुने भएकोले युवाले आफ्नो भूमिका आगामी दिनमा अझ बढी प्रभावकारी बनाउनुपर्ने बताए ।
बैठकमा पार्टीजिल्ला सहसंयोजक गंगा पोखरेल, सहसंयोजक कृष्ण गिरी विज्ञान, वाईसियल प्रदेश ४ का सहइञ्चार्ज राजकुमार दुलाल, संयोजक चन्द्रकुमार थापामगर, केन्दीय सदस्य सुभाष पौडेल लगायतले भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९