पोखरा, २४ चैत। पोखरामा जारी बृहत सफाइ अभियान सेती नदी किनार रिठ्ठाघाटमा सम्पन्न भएको छ। वर्षाका बाबजुद पनि सामाजिक अभियन्ताहरु सफाइ अभियानमा जुटेका थिए।
९७ औं हप्ताको सफाइ अभियानमा झण्डै ५ टन फोहरमैला संकलन गरिएको अभियन्ता शिवप्रसाद बास्तोलाले बताए।
यसअघि अभियानका संयोजक रामबहादुर पौडेलले वडा. ११ र २० का अध्यक्ष क्रमशः मोहनप्रसाद बास्तोला र सिमबहादुर गुरुङलाई सेती नदी किनारमा अवस्थित सेती-काली दोभानघाटको (रिठ्ठाघाट) उचित व्यवस्थापन, नियमित सरसफाइ एवं पवित्रता कायम राख्नेछु भन्ने व्यहोराको प्रतिबद्धता पत्र वाचन गराई हस्ताक्षर गराएका थिए।
कार्यक्रममा उपस्थित सहभागीलाई वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले सरसफाइ एवं राष्ट्रिय भावनाको शपथ गराएका थिए।
अभियानका लागि प्रदेशसभा सदस्य मीना गुरुङले १० प्याकेट डिस्पोजल ग्लोब र पोखरा फुड कार्निभल आयोजकका तर्फबाट सजना थापाले ३ प्याकेट डिस्पोजल ग्लोब उपलब्ध गराएका थिए।
प्रदेशसभा सदस्य मीना गुरुङले यस्तो पवित्र सामाजिक अभियानमा सरिक हुन पाएकोमा खुशी व्यक्त गर्दै अभियानको सफलताको कामना गरिन्। यसपटकको अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, ड्यामसाइड टोल विकास संस्स्था, अभियान महिला समूह, माछापुच्छे्र महिला क्लब, गोर्खाली रेडियो र विभिन्न क्षेत्रका सामाजिक अभियन्ताले साथ दिएको अभियन्ता अञ्जु क्षेत्रीले जानकारी दिइन्।
कार्यक्रममा वडा अध्यक्ष सिमबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए। ९८ औं हप्ताको सफाइ अभियान रामघाटमा हुनेछ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९