पुरुञ्चौरमा स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४
url sibir

पोखरा, २४ चैत । जनसेवा बचत तथा ऋण सहकारी पोखरा-पुरुञ्चौरले शनिबार आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निःशुल्क रक्त परीक्षणमा ३ सय ५२ जनाले रगत जाँच गराएका छन्।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि -युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा रामचन्द्र काफ्ले धूमपानले मुटुरोगका समस्या निम्त्याउने बताए।

उनले भने, ‘मैले उपचार गरेका हृदयघात भएका बिरामीमध्ये ९० प्रतिशतले धूमपान गर्ने गरेको पाएँ। यसले रगतमा हुने खराब बोसो बढाउँछ र आवश्यक बोसो चाहिँ घटाइदिन्छ।’ डा काफ्लेले खानपीन र जीवनचर्या सन्तुलित बनाउन सके मधुमेहको जोखिमबाट धेरै हदसम्म बाँच्न सकिने उल्लेख गरे।युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सुलभ तवरले नागरिकले आफ्नै टोलमा सेवा पाउन भनी स्वास्थ्य शिविर आयोजना गरिएको बताए। रोगको मुहान भनिने मधुमेहबाट बाच्न सचेतना र रोग लागिसकेको भए सही निदानमा सघाउने विभिन्न संघ, संस्थाको सहकार्यमा शिविर आयोजना गर्ने गरेको प्रष्ट पारे। कार्यक्रममा पोखरा १९ का वडा सदस्य कमल बास्तोला, लेखा समिति संयोजक पुष्पराज पौडेल र पूर्व अध्यक्ष तेजबहादुर अधिकारीले बोलेका थिए।

सहकारीका अध्यक्ष लीलाधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष इन्द्रकुमारी पौडेल र सञ्चालन सचिव गोविन्द पौडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • लेकसिटी कलेजमा डिटिटिपी कोर्स

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरले नियमित पठन पाठनका अलावा विद्यार्थीहरुको विकासका लागि इन्टरनेसनल फाउण्डेसन फर…
  • वडा १७ को कार्यालय सारिने

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुँजीगत र चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ ।…
  • दिपाङमा ४ जनाको सकुशल उद्धार

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । दिपाङ तालमा झरीका कारण पानीको सतह बढेपछि डुबानमा परेका एकै घरका ४ जनाको उद्धार गरिएको छ । पोखरा…
  • ढल्यो ऐतिहासिक घर

    धनबहादुर गुरुङ असार २७, २०८१
    पोखरा । कलात्मक शैलीका झ्यालढोका । इँट्टाको गारो । टिनको छानोसहितको तीनतले घर । पोखरा ४, गैह्रापाटनमा रहेको बडो कलात्मक…
  • ब्युटीपार्लर एसोसिएसन गण्डकीमा बबिता

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी अध्यक्षमा बबिता केसी कार्की चयन भएकी छन् । एसोसिएसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो…

hero news full width