पोखरा, २४ चैत । पर्वत मिलन समाज पोखराले पर्वत जिल्लाबाट प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङ, प्रदेश ४ का प्रदश सभा अध्यक्ष नेत्रनाथ अधिकारी, प्रदेश ४ का मन्त्री विकास लम्साल, प्रदेश सभा सदस्य, जूनादेवी नेपाली, गायत्री गुरुङलाई सम्मान गरेको समाजका आजीवन सदस्य देवराज शर्माले जानकारी दिए।
सम्मानित व्यक्तित्वले अब सबै जुटेर पर्वतको विकास र समृद्धिमा योगदान दिने धारणा व्यक्त गरे।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले कानून बन्ने विषयमा कुनै त्रुटि हुन नदिई सुशासन र विकासमा खेल्न सकिने भूमिकामा कुनै कसूर बाँकी नराख्ने बताए ।
यस्तै अन्य वक्ताले पनि पर्वतले समग्र देशको र प्रदेशका महत्वपूर्ण क्षेत्रमा नेतृत्व प्रदान गर्ने तहका स्थान पाएको यो अवसरलाई साँच्चिकै पर्वतको शान रहने गरी आफूहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समाजकी अध्यक्ष अनिता गुरुङको अध्यक्षता रहेको सो कार्यक्रममा स्वागत मन्तव्य सुरेन्द्र पौडेल र सञ्चालन शिवालाल उपाध्यायले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९