नेपालमै पहिलो विज्ञान केन्द्र ‘पोखरा तारामण्डल’

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४
Pokhara Planenetarium

पोखरा, २४ चैत। पोखरामा सबै प्राकृतिक पर्यटकीय केन्द्रमात्र छन्। मानवनिर्मित आकर्षणको केन्द्र अब पोखरामा निर्माण भएको छ। जुन नेपालमा कही कतै छैन।

पोखरा वडा १६ बाटुलेचौरमा पर्यटकीय आकर्षणका रुपमा पोखरा तारामण्डल, विज्ञान केन्द्र र सिसा महल निर्माण गरिएको छ।

पत्रकार सम्मेलन आयोजना गरी खगोल विद्यासम्बन्धी ज्ञान बढाउने र रातको आकाशको दृश्यावलोकन गराउने उद्देश्यका साथ निजीस्तरबाट पोखरा तारामण्डलको स्थापना गरेको संस्थापक/संचालक मोहदत्त पोखरेलले जानकारी दिए।

यस्ता प्रकारका संरचना विश्वका प्रमुख शहरमा राज्यस्तरबाट निर्माण गरिएको पाइए पनि नेपालमा भने करिब ३ करोडको लागतमा आफूले निर्माण गरेको उनले बताए।

यूरोपियनस्तरको प्रविधिमा निर्माण गरिएको, प्रोजेक्सन मार्फत आफूलाई स्पेस मै गए जस्तो अनुभूति गराउने उक्त तारामण्डलले पोखरालाई स्मार्ट सिटीको रुपमा उजिल्याउनेमा आफू विश्वस्त रहेको पोखरेलले बताए। खगोलीय पिण्डका विषयमा समेत चासो राख्नेहरुका लागि पोखरा तारामण्डल सिकाईको केन्द्र बन्न सक्ने उनले बताए।

पोखरेलले निर्माण गरेको मिनि विज्ञान केन्द्रमा विविध प्रकारका उपकरण, समान र औजारको प्रयोगात्मक र प्रदर्शनात्मक सामग्री राखिएका छन्। विज्ञानका विषयमा विशेष चासो राख्ने र नयाँ सिकाइका लागि उत्सुक विद्यार्थीका लागि यो निकै प्रभावकारी हुने पोखरेलले बताए।

यस्तै सिसैसिसाले बनेको सिसा महलमा प्रवेश गर्नासाथ व्यक्ति अचम्ममा पर्ने गरेको उनको भनाइ छ। उनले भने ‘यसमा एक आकृतिका भिन्न प्रतिविम्ब हजारांैको संख्यामा पाउन सकिन्छ। यसमा आफूलाई ताढा, नजिक र विपरीत अवस्थामा विभिन्न कोणहरुबाट देख्न सकिन्छ। आफू हराउँदा समेत थाहा नहुने गरि निमार्णगरिएको यसलाई भारतमा भुलभुलैया भनिन्छ।’

करिब १० रोपनीको क्षेत्रफलमा निर्माण गरिएको उक्त केन्द्रमा अत्यान्त सुन्दर बालमैत्री उद्यान समेत रहेको छ। त्यहाँ विभिन्न मोडलहरु (मोटु-पत्लु) चिंघम, जनावरका मोडेल, बालहिल, पिङ्, पंचमुखी हनुमान, र्डाईनोसर, वाटर फाउण्टेन लगायत संरचना रहेका पोखरेलले बताए।

पोखरालाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य भनिरहँदा उनीहरुको बसाइँ लम्ब्याउन यसले थप सघाउ पुर्‍याउने उनको विश्वास छ।

नयाँ स्थान अवलोकनका साथै मनोरञ्जन र सिकाइसँगै लैजाने आफ्नो मुख्य उद्देश्य रहेको पोखरेलले बताए। उनका अनुसार पोखरा आउने पर्यटकका लागि उक्त केन्द्र भ्रमणको पुरकका रुपमा रहनेछ। विकासका लागि दृढ संकल्प आवश्यक पर्नेमा उनको जोड छ।

वडा अध्यक्ष जीवनप्रसाद आचार्यले पोखरा तारामण्डल र विज्ञान केन्द्रलाई अध्ययनशील पर्यटक र विद्यार्थीको हवका रुपमा विकास गर्न सकिने बताए।

उनले वडामा विकासको क्रम तीव्र रहेको जनाउँदै पर्यटकीय दृष्टिकोणले वडा १६ अनुपम रहेको बताए। साथै विकासको अभियानमा हातेमालो गर्न उनले वडावासीलाई आहृवान समेत गरेका छन्। पत्रकार सम्मेलनमा सहभागीलाई सञ्चालक समीक्षा आचार्यले विज्ञान केन्द्र र तारामण्डलको प्रत्यक्ष अवलोकन गराएकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width