काठमाडौं, २२ चैत। तीनदिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारत जाँदैछन्। उनी बिहान ९ बजे भारतको राजीधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारत भ्रमणको समयमा प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा बस्नेछन्।
समकक्षी नरेन्द्र मोदीसँग शनिबारमात्र भेटवार्ता हुने तय भएको भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली नयाँ दिल्ली पुगे लगत्तै छलफल र भेटघाटमा व्यस्त हुनेछन्। भ्रमणको पहिलो दिन भारतका व्यापारीहरुसँगको अन्तक्रिर्या रहेको छ। भारतीय व्यापारीसँगको छलफलपछि भारतीय नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। सोक्रममा भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्नेछन्। भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेताहरु, भारतीय कम्युनिष्ट पार्टीमार्क्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताहरुले भेट्ने कार्यक्रम रहेको छ। साँझ बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीको महत्वपूर्ण भेटघाटका कार्यक्रम शनिबार हुनेछन्। प्रधानमन्त्री ओलीको सम्मानमा शनिबार बिहान राष्ट्रपति भवनमा राजकीय सम्मानको कार्यक्रम हुनेछ। सोही दिन ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। हैदराबादमा हुने भेटमा शुरुमा एक्लाएक्लै र पछि प्रतिनिधि मण्डलस्तरमा भेटवार्ता हुनेछ। भेटवार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।
भेटपछि हैदरावाद हाउसमा मोदीले प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डललाई दिवाभोज आयोजना गर्ने छन्। शनिबार नै प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट हुने लगायतका भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथसिंह लगायतले पनि ओलीसँग भेटवार्ता गर्नेछन्। शनिबार राति उनको सम्मानमा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा ओली सहभागी हुनेछन्।
भ्रमणको तेस्रो दिन ओली उत्तराखण्डस्थित पन्त नगरस्थित गोबिन्दबल्लव पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयको कार्यक्रममा सहभागी हुनेछन्। सो विश्वविद्यालयले ओलीलाई मानार्थ विद्यावारिधीबाट सम्मान गर्नेछ। प्रधानमन्त्री ओली आइतबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।
पहिलो पटक प्रधानमन्त्री बनेको समयमा ओलीले २०७२ फागुन ७ गतेदेखि भारत भ्रमण गरेका थिए।
भारत भ्रमणका क्रममा कुनै नयाँ सम्झौता नहुने जनाइएको छ। यद्यपि यसअघि भएका सम्झौताहरुको कार्यान्वयन यो पटकको भ्रमणको जोड रहने बताइएको छ। यसअघि प्रधानमन्त्री ओली आफ्नो भ्रमण बारेमा संसद्मा सम्वोधन गर्दै भ्रमणका क्रममा देशको शीर निहुरिने कुनै काम नगर्ने बताएका थिए। यसपटक भारतीय पक्षबाट नयाँ सहयोगको प्याकेज घोषणा गर्ने अनुमान छ।
Related News
सम्बन्धित समाचार
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०