पोखरा २२ चैत। एनआरएनका पूर्व अध्यक्ष शेष घलेले निर्माणाधीन गोरखा स्मारक अवलोकन गरेका छन्।
स्याङ्जाको फेदिखोला गाउँपालिका वडा १ स्थित साल्मेडाँडामा निर्माण हुन लागेको उक्त स्मारक हेर्न उनी बिहीबार श्रीमती जमुना घले र आफन्तहरु सहित आइपुगेका हुन्।
त्यस अवसरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले दोश्रो विश्वयुद्धमा वीरगति प्राप्त ६० हजार गोर्खालीहरुको स्मृतिमा स्मारक निर्माण हुनु महत्वपूर्ण भएको बताए।
अष्टे्रलियास्थित मेलवर्न इस्टिच्युट अफ टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका घलेलेे स्मारक निर्माणमा अष्ट्रेलियाबाट सहयोग जुटाउन आफूले सक्दो पहल गर्ने जानकारी दिए। साथै उनले सकेसम्म विश्वयुद्धमा वीरगति प्राप्त गर्नेहरुको नाम ठेगाना शीलापत्रमा लेख्न स्मारक निर्माण समितिलाई सुझाव दिए। फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गोर्खा स्मारक निर्माण जस्तो महत्वपूर्ण कार्यको दायित्व राज्यले पनि लिनुपर्नेमा जोड दिँदै स्थानीय सरकारबाट सक्दो सहयोग पुर्याउने बताए।
निर्माण समितिका सल्लाहकार डा चन्द्रबहादुर गुरुङले ८० रोपनी जग्गा परिसरभित्र स्मारक, समाधीस्थल, गोर्खा गार्डेन निर्माण तथा मिनी रेलमार्ग लगायतका योजना रहेको जानकारी दिए।
सो अवसरमा गेसो गण्डकी धौलागिरीका अध्यक्ष हर्कबहादुर पुनले गेसोले गरेको संघर्षबारे बताए।
गोरखा स्मारक निर्माण समितिका उपाध्यक्ष टीका पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका सल्लाहकार दिवाकर सुवेदीले स्वागत तथा सल्लाहकार अविलास गुरुङले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९