पोखरा, २२ चैत । संचयकोष टोल विकास संस्थाले महिला सशक्तिकरणका लागि आयोजना गरेको उद्घोषणकला तथा नेतृत्व विकाससम्बन्धी तालिम बिहीबार सम्पन्न भएको छ।
उक्त अवसरमा प्रमुख अतिथि संचयकोष आवास उपभोक्ता समितिका अध्यक्ष लोकनाथ ढुं्गानाले सञ्चज कोष भवन उद्घाटनसँगै तालिम समापन गरेका हुन्।
प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै उनले महिला सशक्तिकरणका लागि बोल्नेकला अत्यावश्यक भएको बताए। उनले टोलटोलबाट जागरुक हुनुपर्ने आवश्यकता समेत औल्याए।
तालिमका प्रमुख प्रशिक्षक सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडेलले सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरिन्।
सहप्रशिक्षक तथा सल्लाहकार सुवास ढंुगानाले यस्ता तालिमले आत्मविश्वास बढाउनुका साथै व्यक्तिमा निखारता ल्याउने भएकाले सक्रियता सहभागिता हुनुपर्नेमा जो कार्यक्रममा उपभोक्ता समितिका पूर्व अध्यक्ष कमलराज अधिकारी, सचिव कीर्तिवल्लभ त्रिपाठी, सहभागी तथा भवन निर्माण समिति संयोजक यमबहादुर गुरुङ लगायत बोलेका थिए।
संस्थाकी अध्यक्ष रीमा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी गिरी र सञ्चालन सावित्री त्रिपाठी सुवेदीले गरेकी थिइन्। ३ दिनसम्म चलेको तालिममा ४० जना सहभागी थिए।
पोखरा वडा १७ को सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन वडा अध्यक्ष तीथराज अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९