ज्येष्ठ नागरिकमैत्री कानूनमा जोडः उपसभामुख शर्मा

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७४
srijana sharma 1 (1)

पोखरा, २२ चैत । उपसभामुख सिर्जना शर्माले अब बन्ने कानून ज्येष्ठ नागरिकमैत्री हुने बताएकी छन्।

पोखरा वृद्धाश्रममा बिहीबार आयोजित अन्तक्रिर्यामा बोल्दै उनले सो कुरा बताएकी हुन्।

ज्येष्ठ नागरिक समाजका धरोहर भएको उल्लेख गर्दै उपसभामुख शर्माले प्रदेश सरकार ज्येष्ठ नागरिकको हितका लागि सचेत रहेको उल्लेख गरिन्।

वृद्धाश्रमका संस्थापक अध्यक्ष वसन्तकेशव पराजुलीले प्रदेश ४ कै नमूना वृद्धाश्रम बनाउन प्रदेश सरकारले पहल गर्नेमा अपेक्षा गरे। उनले वृद्धाश्रममा कर्मचारीलाई पारिश्रमिक समेत दिन अप्ठ्यारो परेको गुनासो गर्दै सबैको साथ र सहयोगले संस्था चलेको बताए।

संस्थाका उपाध्यक्ष कुसुमकेशव पराजुलीले वृद्धवृद्धाको स्वास्थ्य जाँचका लागि नर्सको व्यवस्था हुनुपर्ने बताए।

वृद्धाश्रम अध्यक्ष टीकाबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का नागरिक मञ्च अध्यक्ष टोपराज ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए।

पोखरा १७ ढुंगेसाँघुस्थित वृद्धाश्रममा हाल ६० जना वृद्धवृद्धा आश्रति छन्।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width