पोखरा, २० चैत । पोखरामा ६१ औं राष्ट्रिय सहकारी दिवस मंगलबार भव्य रुपमा मनाइयो।
पोखरा सभागृहमा आयोजित सहकारी सभालाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सहकारीको सहकार्यले मात्रै देशको समृद्धि सम्भव भएको बताए। उनले सरकारसँग सहकार्य गरेर देश विकासमा सहकारीले योगदान दिनुपर्ने बताए। र्ँअर्थतन्त्र चलायमान बनाउन सहकारी महत्वपूर्ण छ। छरिएका पैसा एकीकृत गरेर लगानी गर्ने राम्रो माध्यम हो सहकारी,’ उनले भने, ‘पुँजीको सही उपयोग र उत्पादनशील ठाउँमा लगानी गर्नु अहिलेको मुख्य आवश्यकता हो। त्यसतर्फ सबैको ध्यान जानुपर्छ।’ सहकारीभित्रको अस्वस्थ प्रतिष्पर्धा घटाउन र एक व्यक्ति एक सहकारीको अवधारणामा चल्न उनले आग्रह पनि गरे।
प्रदेश ४ का भूति व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीको लगानी उत्पादनमुखी हुनुपर्ने बताए। उनले देशको अर्थतन्त्रमा सहकारीको पहुँच महत्वपूर्ण रहेको भन्दै त्यसलाई उत्पादनसँग जोड्न आग्रह गरे। ‘३ वर्षभित्र देश कृषिमा आत्मनिर्भर हुनुपर्छ। सरकारले त्यसको नीति तयार गर्दैछ,’ उनले भने, ‘यसमा सहकारीको पनि साथ चाहिएको छ। कम्तीमा ३० प्रतिशत लगानी कृषि र उत्पादनशील क्षेत्रमा गर्दिनुस्।’ मन्त्री थापाले एक गाउँ एक उत्पादन कार्यक्रम छिट्टै थालिने जानकारी दिए।
‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नाराका साथ बृहत् र्याली सहित सभागृहमा मूल समारोह कार्यक्रम भयो।
सभामा सहकारी संघकी पूर्व अध्यक्ष तथा सांसद प्रभा कोइरालाले सहकारीमा महिला उपस्थिति ठीकै भएपनि नेतृत्वमा आउन नसकेको बताइन्। महिलालाई निर्णय प्रक्रियामा भित्र्याउन सहकारीसँग उनको आग्रह छ। सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य बद्रीनाथ अधिकारीले सहकारी पूर्ण प्रविधिमैत्री हुनुपर्ने बताए।
सहकारी दिवस मूल आयोजक समिति संयोजक एवं जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सञ्चालक रामबहादुर जिसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, दुग्ध सहकारी संघका सञ्चालक युवराज पराजुली, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष बलराम गौतम, महिला उपाध्यक्ष सावित्रा कोइराला, महासचिव छविलाल लामिछाने लगायत बोलेका थिए।
सोही अवसरमा कास्कीका उत्कृष्ट सहकारी, पदाधिकारी र सहकारीका कर्मचारीलाई सम्मान समेत गरिएको छ। सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको वाषिर्क मूल्यांकन अनुसार यसवर्ष उत्कृष्ट सहकारीतर्फ विशाल को-अपरेटिभ, फेवा बहुउद्देश्यीय सहकारी, मुनाल सहकारी, सुरक्षा पालुवा सहकारी, बाटिका सहकारी र उन्नति बचत तथा ऋण सहकारी संस्था सम्मानित भए। जनचेतना सहकारीकी अध्यक्ष सरस्वती राना, महिला सीप विकास सहकारीका रामकली खड्का, शिशुवा कृषि सहकारीका उपाध्यक्ष विष्णु भण्डारी, उत्कृष्ट सचिवमा सराङ्कोट बहुउद्देश्यीय सहकारीका कृष्ण थापा, कोषाध्यक्षमा इन्द्रेणी सहकारीका धर्मराज बराल सम्मानित भए।
अभियानकर्ताको रुपमा संघका पूर्व अध्यक्ष तथा सांसद प्रभा कोइराला, व्यवस्थापकतर्फ सयपत्री सहकारीका विकास सुवेदी, आमा मिलनका ध्रुव पौडेल, प्राइमका सुरेन्द्र पौडेल, एकता सहकारीका सीमा थापा, सक्रिय सहकारीका सविता बराल र धनुष सहकारीका जगत पौडेल, कार्यालयको कर्मचारीतर्फ गुरुप्रसाद पौडेल, लेखा समितितर्फ रुपा बहुउद्देश्यीय र माछापुच्छे्र सहकारीलाई सम्मान गरिएको छ।
राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट कारोबार बचततर्फ सराङ्कोट बहुउद्देश्यीय सहकारी र फेवा बहुउद्देश्यीय सहकारीलाई पनि सम्मान गरिएको छ।
मूल समारोहअघि चिप्लेढुंगादेखि र्याली निकालिएको थियो। र्यालीमा उत्कृष्ट प्रदर्शन गर्ने सहकारीलाई पनि पुरस्कृत गरिएको छ। कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघद्वारा प्रकाशित बुलेटिन विमोचन गरिएको थियो।
सहकारी दिवस अवसरमा कास्कीमा पाँच दिवसीय कार्यक्रमअन्तर्गत रक्तदान, सरसफाइ, प्रचारप्रसार लगायत कार्यक्रम गरिएको अध्यक्ष तिवारीले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९