पोवि स्ववियु चुनाव आज

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७४
pu

लेखनाथ, २० चैत । पोखरा विश्वविद्यालय (पोवि) को स्ववियु चुनाव बुधबार हुँदैछ । स्ववियुको संस्थापक सभापति होडमा ३ राजनीतिक संगठन र २ स्वतन्त्र गरी ५ जना चुनावी मैदानमा छन् ।

विश्वविद्यालय विधानमा स्ववियुको व्यवस्था भए पनि २१ वर्षपछि हुन लागेको निर्वाचनले कसलाई संस्थापक सभापति बनाउने हो त्यो भनेबारे रोचक छ ।

एमालेनिकट अनेरास्ववियु, काँग्रेसनिकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, संघीय समाजवादी फोरमनिकट संघीय समाजवादी विद्यार्थी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंले निर्वाचन कार्यालयमा आ-आफ्नो संगठन दर्ता गराएका छन्।

सांगठानिका रुपमा अनेरास्ववियु, नेवि संघ र अखिल क्रन्तिकारीले सभापति पदमा उम्मेदवार उठाए पनि  संघीय समाजवादी विद्यार्थीले अनेरास्ववियुलाई समर्थन गरेको छ । अनेरास्ववियु र समाजवादी फोरमबीच समानुपातिक सहसचिव, एक प्रत्यक्ष र एक समानुपातिक सदस्य समाजवादी विद्यार्थी फोरमलाई दिने गरी सहमति भएको हो।

अनेरास्ववियुले सभापतिमा इ सुनिल तिमिल्सेनालाई अघि सारेको छ भने नेवि संघले नयाँ इतिहास रच्न डिफान भुजेललाई र अखिल क्रान्तिकारीले सुधन पन्तलाई चुनावी मैदानमा उतारेको हो।

पद भागबन्डामा कुरा नमिल्दा माउपार्टीबिच एकताको नजिक पुगेका एमाले र माओवादीनिकट विद्यार्थी संगठन भने छुट्टाछुटै प्यानल बनाएर मैदान उत्रिएका हुन् । संगठनकै कारण आफूहरुले टिकट नपाएको भन्दै कुसुमशीला भट्ट र सुभाषप्रसाद पौडेलले स्वतन्त्र रुपमा सभापति पदमा उम्मेदवारी दिएका छन्। भट्ट अनेरास्ववियु र प्रधान नेविसंघमा वागी हुन् भने सचिवमा स्वतन्त्र उम्मेदवारी दिने विनोद भण्डारी अनेरास्ववियु क्रान्तिकारीका वागी उम्मेदवार हुन्।

अनेरास्ववियुबाट सचिवमा सुरज परियार र कोषाध्यक्षमा प्रकृति दवाडी छन्। अखिल क्रान्तिकारी प्यानलबाट सचिवमा विनायक तिमिल्सेना र कोषाध्यक्षमा सामना सुवेदी छन् भने नेविसंघबाट सचिवमा नारायण सापकोटा र कोषाध्यक्ष वीनिता लामिछाने छन्। अखिल छैटौंले भने सचिवमात्र हेमन्त रानामगर मैदान पठाएको छ ।

सभापतिका उम्मेदवारले विद्यार्थी हकहितका क्षेत्रमा विगतमा पनि काम गरेको र भविष्यमा विश्वविद्यालयलाई शैक्षिक प्राज्ञिक थलोका रुपमा विकास गराउने योजना घोषणापत्रमार्फत अघि सार्दै आफूले चुनाव जित्ने दाबी गरेका छन्।

बुधबार बिहान ७ : ३० देखि दिउँसो ३:३० बजेसम्म मतदान प्रक्रिया हुनेछ ।  ११ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाअन्तर्गत ५ विद्यार्थी संगठनसँगै केही स्वतन्त्र गरी ३८ जना चुनावी मैदानमा छन् । ८ जना समानुपातिक गरी १९ सदस्यीय समिति चयन हुनेछ। समानुपातिक निर्वाचनका लागि दर्ता भएका ५ संगठनले यसअघि नै ८/८ जनाको नाम रहेको बन्दसूची निर्वाचन समितिमा बुझाइसकेका छन्।

Related News

सम्बन्धित समाचार

  • अक्सफोर्ड स्कुलमा अभिभावक भेला

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा शनिबार अभिभावक भेला भएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…
  • वडामार्फत् भूमि सेवा दिने तयारी

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    हेमजा  । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित पालिकाको वडा तहबाटै भूमि (भू) सेवा उपलब्ध गराउने तयारीका साथ…
  • पोखरा १३ का उपलब्धि : सिपमूलक तालिमसँगै विकास निर्माण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल नेतृत्वको टिमले निर्वाचित भएर आएपछि गरेका काम शनिबार सार्वजनिक गरेको…
  • पोखरा २६: वर्षदिनमा १ सय २९ योजना सम्पन्न

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा २६ का निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकालको शनिबार समीक्षा गरेका छन् । २०७९ जेठ १३ गते पदस्थापन…

hero news full width