पोखरा, २० चैत । नयाँ शक्ति पार्टीनेपालले प्रदेश ४ मा वैकल्पिक सरकार गठन गरेको छ । वैकल्पिक सरकारको नेतृत्व गर्ने जिम्मा गोरखाका सांसद हरिशरण आचार्यले पाएका छन् ।
आचार्य मुख्यमन्त्री रहेको मन्त्रिमण्डलमा अर्की सांसद धनमाया पोख्रेल लामा भौतिक पूर्वाधार मन्त्री बनेकी छन् । दुर्इ सांसदमात्रै जितेको प्रदेश ४ मा अरु मन्त्रीहरु नेतालाई बनाइएको छ, उनीहरु निर्वाचित होइनन् ।
लुम्लेमा भएको दुर्इदिने प्रदेश बैठकले आर्थिक मामिला तथा योजना मन्त्रीमा मोति रिजाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा खड्गबहादुर गुरुङ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा लक्ष्मी खाती परियार, आन्तरिक मामिला तथा कानूनमन्त्री गुणाखर बस्याल र सामाजिक विकास मन्त्रीमा गोपेन्द्रकेशरी न्यौपानेलाई बनाएको छ ।
पार्टीे यस प्रदेशअन्तर्गत ८४ वटै स्थानीय तहमा वैकल्पिक सरकार गठन गर्ने, प्रदेशअन्तर्गत विभिन्न आयोग, विभाग, आंगिक तथा पेशागत संगठनको समेत गठन र त्यसको जिम्मेवारी बाँडफाँड गरेको छ भने १ सय ९९ सदस्यीय प्रदेश परिषद गठन गरेको छ ।
कार्यक्रममा पूर्व प्रदेश इञ्चार्ज देवेन्द्र पराजुलीले राजनीतिक प्रशिक्षण दिएका थिए ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९