पोखरा, २० चैत । पोखरा लेखनाथ महानगरपालिका वडा १७ बिरौटास्थित जूनतारा आमा समूहले १५ दिने उद्घोषणकला तालिम गरेको छ ।
महिला सशक्तिकरणका लागि आयोजित तालिममा समूहका २१ जना महिला सहभागी थिए । तालिममा देवराज शर्माले सहजीकरण गरेका थिए । तालिम समापनमा प्रमुख अतिथि वडाध्यक्ष तीर्थराज अधिकारीले वाकशैली आफैमा सृजनशील कला भएकोले यसलाई व्यवहारिक बनाउँदै लैजान सके हरेक व्यक्तिको व्यक्तित्व विकासमा कोशेढुङगा सावित हुने बताए ।
त्यस अवसरमा पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगी, सामाजिक शाखा प्रमुख ओमराज पौडेल, प्रगतिटोल सुधार समितिका अध्यक्ष उमाकान्त पौडेल, सहभागीको तर्फबाट सिमा रेग्मी र शोभा भट्टराईले बोलेका थिए ।
समूहकी अध्यक्ष गंगा केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जीवनकुमारी सिलवालले धन्यवाद ज्ञापन र सरु आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९