फेवा महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७४

पोखरा, १८ चैत।फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ यही चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा सञ्चालन हुने १५ औं फेवा नव वर्षमहोत्सवको तयारी तीब्र रुपमा अघि बढेको छ।

संघद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवम् महोत्सवका संयोजक विकल तुलाचनले महोत्सव एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने दाबी गरे। उनले दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाहृय पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्य महोत्सवले लिएको जनाए।

महोत्सवमा आन्तरिक पाहुनालाई लक्षित गरी संघले छुटसहितका विभिन्न ४ वटा प्याकेजहरु समेत सार्वजनिक गरेको छ। तिनमा दुर्इ हजार ९ सय ९० रुपैयाँ देखि २१ हजार एक सय १० रुपैयाँ विचका घुमघाम, शैक्षिक भ्रमण, र मधुमासका दुर्इ वटा गरी कूल ४ प्याकेज रहेका छन्।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्षधुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्षपनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभ्रि्राय पनि महोत्सवले लिएको अध्यक्ष तुलाचनले बताए। विनासकारी भूकम्प, भारतीय नाकाबन्दी र नोटबन्दी तथा बाढी पहिरो लगायतका विविध घटनाका कारण अफ्ठ्यारोमा पारेको पर्यटनलाई उकास्ने उपायको रुपमा पनि महोत्सवलाई संघले लिएको जनाएको छ। अहिले पोखराको होटल क्षेत्रमा पर्यटकको अकुपेन्सी ५० देखि ६० प्रतिशत रहेको अध्यक्ष तुलाचनले सो अवसरमा जानकारी दिए।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षा रहने छन्। महोत्सव उद्घाटन अघि स्थानीय हल्लनचोकबाट कोमागाने पार्कसम्म सांस्कृतिक झाँकी सहितको र्‍याली निक्लने छ। महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा विभिन्न ३४ वटा उपसमितिहरु गठन गरिएको छ। महोत्सवमा खानाका १० र अन्य ३० व्यापरिक गरी कूल ४० स्टल रहने छन्।

नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कर्न्र्सट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षा पनि महोत्सवले समेटेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए।

महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र ७ लाख ५ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ। यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबर्द्धक रहेको छ।

यति ब्रुअरीका क्षेत्रीय प्रतिनिधि केदार गौलीले प्रायोजकको रुपमा महोत्सवलाई सम्पूर्ण रुपमा सघाउने प्रतिबद्धता पत्रकार सम्मेलनमा सुनाए। संघले आइतबार नै विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिसँग आयोजना गरेको छलफल कार्यक्रममा फेवा महोत्सवलाई सक्दो सहयोग गरी सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width