पोखरा, १८ चैत। प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको आदिवासी जनजाति सांस्कृतिक पर्व विदा कटौतिलाई फिर्ता लिनुपर्ने बताएका छन्। गुरुङले केन्द्र सरकारले संविधानको मर्मविपरित पर्वहरुको विदा कटौति गरेकाले तत्काल निर्णय सच्याउन आग्रह गरे।
तमु हृयुल छो’ज धीं गुरुङ राष्ट्रिय परिषदले आइतबार पोखरामा आयोजना गरेको प्रदेश नामाङ्कन विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री गुरुङले सार्वजानिक विदाका कारण देश विकास हुन नसकेको नभई राजनीतिक दलका नेताहरु नै भष्ट्राचार प्रमुख कारण भएको आरोप लगाए।
गुरुङले देशका सबै तह र तप्कामा समान अधिकार र पहुँच हुनुपर्ने भन्दै सडकको बलमा अधिकार स्थापित गर्न खोजेर अस्थिरता ननिम्त्याउन अनुरोध गरे। गुरुङले प्रदेश ४ गुरुङ जातिको आदिम थलो भएको भन्दै सबै जातजाति, समुदायको सहमति र सहकार्यमा प्रदेश नामाकरण गरिनेमा जोड दिए। प्रदेश नामाकरण गर्न संसदिय समिति बनेको भन्दै संसदको दुर्इ तिहाईले नामाकरण गर्न सक्ने व्यवस्था रहेको भन्दै नामाकरणमा व्यापक छलफल हुनुपर्ने बताए।
पोखरा सभागृह हलमा आयोजित गोष्ठीमा बोल्दै एमाले सांसद इन्द्रधारा विष्टले समय सापेक्ष प्रदेशको नामाकरण हुनुपर्ने बताए। संसद समितिसंग छलफल गरेर अगाडि बढ्नुपर्नेमा बिष्टको जोड थियो। उनले अधिकार स्थापित गर्न आफैभित्र एकता हुनुपर्नेमा समेत जोड दिए। कार्यक्रममा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले सबैको अधिकार सुनिश्चित भए मात्र राष्ट्र बलियो हुने बताए। उनले सरकार एकात्मक सो’चबाट पछि हट्नुपर्नेमा जोड दिए। उनले सरकारले गुरुङ समुदायको एकदिने बिदालाई समेत कटौति गरेर एकात्मक सोच पालेको जिकिर गरे।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद गायत्री दुरा गुरुङले पार्टीले प्रदेशलाई पहिचानका आधारमा नामाङ्कन गर्न लबिङ गरिरहेको बताइन्। त्यसैगरी, राष्ट्रिय जनमोर्चाका सांसद पियारी थापाले सबै जातजातिको अधिकार समान हुनुपर्ने उल्लेख गरिन्। थापाले अधिकार लडेर लिनुपर्ने औल्याइन्। नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश ४ लाई गुरुङ जातिको पहिचानका आधारमा तमुवान नामाकरण नगरिए नोट अफ डिसेण्ट लेख्ने प्रतिवद्धता जनाए। आचार्यले गुरुङहरुको थतथलो रहेको प्रदेश ४ लाई तमुवान प्रदेश घोषणा गर्न आफ्नो पार्टीले पहल गर्ने समेत बताए।
गोष्ठीमा बोल्दै आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले जातीय सद्भाव बिथोल्न सरकार नै अगाडि बढेको भन्दै सबै धर्म, जातजातिको समान अधिकार हुनुपर्नेमा जोड दिए । उनले सरकारले पछिल्लो समय गरेका निर्णयहरु आदिवास जनजातिमाथिको अन्याय भएको भन्दै तत्काल विदा कटौति फिर्ता लिनुपर्नेमा जोड दिए।
आदिवासी जनजाति अगुवा डा. ओम गुरुङले ऐतिहासिक, राजनीतिक आधारमा प्रदेश ४ को नाम तमुवान राख्नुपर्नेमा जोड दिए। उनले विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक पर्वहरुको विदा कटौति गरेर सरकारले विभेदकारी नीति लिएको जिकिर गरे।
कार्यक्रममा तमु हृयुल छो’ज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले सरकारले गुरुङ समुदायको महान पर्व ल्होसारमा दिदै आएको सार्वजनिक विदालाई यथावत राख्नुपर्ने भन्दै विदा कटौति निर्णय फिर्ता नलिए सडक आन्दोलनमा जाने चेतवानी दिए।
विचार गोष्ठीमा स्तम्भकार राजेन्द्र महर्जनले नेपालमा जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्ने भन्दै कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का स्तम्भकार युग पाठक र आदिवासी जनजाति अगुवा डा. ओम गुरुङले टिप्पणी गरेका थिए। एकदिने गोष्ठिमा प्रदेश ४ का गुरुङ समुदायको उलेख्य सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९