पोखरा, १८ चैत।मादी गाउँपलिका वडा नं. ३ को याङ्जाकोटमा एकदिने निः शुल्क स्वास्थ्य शिविर गरेको छ। मेजर वीरसिंह गुरुङ प्रतिष्ठानको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले स्वास्थ्य शिविरको उद्घाटन गर्दै आगामी दिनहरुमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेजर वीरसिंह गुरुङ प्रतिष्ठान संगसंगै हातेमालो गरेर कार्य गर्न चाहेको बताए।
प्रतिष्ठानका अध्यक्ष प्रा.डा. कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संरक्षक लोकबहादुर गुरुङ, सिताराम माविका प्रधानाध्यापक रुद्रनाथ सापकोटा, याङ्जाकोट तमु समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङ, याङ्जाकोट स्वास्थ्य चौकीका इञ्चार्ज ललित रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए।
उक्त शिविरमा करिब ३ सय ५० जनाले स्वास्थ्य परिक्षण गरेका थिए। शिविरमा बालरोग, सर्जिकल, दाँत, हाडजोर्र्नी मेडिकल र प्रसुतिरोग सम्बन्धी परीक्षण गरिएको थियो। कार्यक्रममा प्रथम उपाध्यक्ष देवीजंग गुरुङले स्वागत र सचिव इन्द्रबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९