पोखरा, १७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयबाट सार्वजनिक गरिएका १६ बुँदे कार्ययोजना तोकिएकै समयमा पूर्णरुपमै कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री बनेयता पहिलो पटक पोखरा आएका उनले कार्ययोजना कार्यान्वयन गर्दै पर्यटनबाट मुलुकको समृद्धि गर्ने बताए ।
प्रेस चौतारी कास्कीले पोखरामा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक स्थायित्वको सुनिश्चिततासँगै अब समृद्ध नेपालको यात्रा शुरु भएको बताए । ‘मुलुकका सातवटै प्रदेशमा आन्तरिक स्रोतसाधन परिचालन र राजश्व संकलनलाई प्रभावकारी बनाएर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्नेछ ।’ उनले भने- ‘निकट भविष्यमा सातै प्रदेशका पर्यटन मन्त्रीको भेला गरेर योजना तयार गरिनेछ ।’
पहाडी क्षेत्रमा निर्माण गरिएका विमानस्थल देखाउनका लागि मात्र नभएको बताउँदै उनले सम्भाव्यताका आधारमा सञ्चालन गरेर जनतालाई निरन्तर हवाइ सेवा उपलब्ध गराइने पनि बताए । अहिले बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आएको छ । काठमाडौं’को आसपासमा आन्तरिक उडानका लागि विमानस्थल निर्माण गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ चापलाई व्यवस्थित गरिने बताउँदै मन्त्रालयले अगाडि सारेका योजना सफल पार्न सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्न आग्रह पनि गरे । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा ललिलतकलाको सर्म्बद्धन, प्रबर्द्धन र विकासका लागि नेपाल फाईन आर्ट मोबाइल एप सार्वजनिक गरिएको छ । मन्त्री अधिकारीले मोबाइल एप सार्वजनिक गर्दै नेपालको ललितकलाको विकासका लागि एप सहयोगसिद्ध हुने बताए । उक्त नेपाल फाईन आर्ट एपमा एप कला प्रदशनी, नेपालभरका आर्ट कलेजहरु, ग्यालरी, नेपालका सम्पूर्ण कलाकारको ब्यक्तिगत विवरण लगायत ललितकलासम्बन्धी जानकारी रहेको एपका संस्थापक नेपाल ललितकला प्रज्ञा प्रष्ठिानका प्राज्ञ नगेन सिहंले जानकारी दिए ।
यसैबीच, अन्नपूर्ण गाउँपालिका वडा १ मा अपाङ्गता भएका पर्यटकलाई लक्षित गरी निर्मित पदमार्ग शनिबारदेखि नै सञ्चालनमा आएको छ ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग एवं स्थानीयवासीको जनश्रमदानमा निर्मित १.३ किमीर पदमार्ग सञ्चालनमा आएको हो । पदमार्गको एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । मन्त्री अधिकारीले अपाङ्गता भएका व्यक्तिमा भिन्न भिन्न क्षमता हुने भएको बताउँदै इच्छाशक्ति र क्रियाशीलताबाट उनीहरूका प्रतिभा प्रष्फुटित बन्ने बताए । अपाङ्गता भएका पर्यटकलाई लक्षित गरी निर्मित पदमार्गले स्वदेशी एवं विदेशी पर्यटकलाई आकषिर्त गर्ने बताउँदै उनले यसलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिए । अन्नपूर्ण गाउँपालिका वडा १ स्थित भूमेको थानबाट हिमालयन देउराली रिसोर्टसम्म निर्मित पदमार्गमा अपाङ्गता भएका पर्यटकले हृविल चेयर र दृष्टिविहीनले सेतो छडीको सहयोगमा पदयात्रा गरेका थिए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी निर्मित पदमार्गले नेपालजस्तो भौगोलिक विविधतायुक्त स्थानमा पनि यस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिने उल्लेख गरे । नयाँ पदमार्ग निर्माण तथा संरक्षण समितिका अध्यक्ष विष्णु शर्माले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी निर्मित पदमार्गको ३ किमी पदयात्रा पूरा गरिने बताउँदै मार्गमा अपाङ्गमैत्री शौचालयलगायतका व्यवस्था गरिने उल्लेख गरे ।
पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले स्थानीयवासीको जागरुकता एवं सहयोगमा १.३ किलोमिटर अपाङ्ग लक्षित पदमार्ग बनेको बताउँदै ३ किमी लामो सो पदमार्ग दक्षिण एशियामा नै नमूना बन्ने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
दिगो ग्रामीण आमा समूह सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
hero news full width
मुख्य समाचार
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१फूलबारी मन्टेसरीको रजतजयन्ती
पौष २८, २०८१