अब विकासको अधिनायकवाद : प्रधानमन्त्री

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब विकासको अधिकानायकवाद शुरु हुने बताएका छन् । जनता भोकभोकै मर्नपर्ने अवस्थाको अन्त्य हुने दाबी गर्दै ओलीले जनताको हितमा गरिएको काम नै विपक्षीलाई अधिनायकवाद जस्तो लाग्न सक्ने बताए ।

रिपोर्टर्स क्लब नेपालको २० औं वाषिर्कोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनताका नेपाली काँग्रेसले वामपन्थी गठबन्धनले जिते अधिनायकवाद जन्मिने भन्दै आलोचना गरेकोप्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन् ।

देशमा अनुभूति गर्न सक्ने गरी सरकारले काम गर्ने दाबी गर्दै ओलीले भने, ‘यो देशमा सरकार छ कोही मर्नु पर्दैन । जाडोमा शीतलहरमा एउटा कम्मल नपाएर कोही मर्दैन । जनता भोकले मर्दै छ भन्दा मन पोल्ने सरकार छ, त्यसैले अब हामी चुप लागेर बस्दैन । म देशको प्रधानमन्त्री छु । कम्मल ओढ्न नपाएर शीतलहरले मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । मेरो कुरा सुनेर कतिपयको मन पोलेको होला, अधिनायकवाद आउने नै भयो भन्ने लागेको होला ।’

यसैगरी आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वारेन्ट जारी गर्ने विप्लपलाई राजनीतिक मजाक नगर्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवलाई थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाए । चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्त नभएको प्रधानमन्त्रीले स्मरण गराए । ‘थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन् । सुतली बम सिद्धान्त हुन्छ – मार्क्सवादमा कहाँ लेखेको छ – नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे । चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस्’ प्रधानमन्त्री ओलीले भने । विप्लव समूहले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोष व्यक्त गर्दै ओलीले मजाक नगर्न चेतावनी समेत दिए ।

‘प्रचण्डलाई समेत वारेन्ट, कुन्नी कुन गाउँमा चाँही आउनु । सातदिनभित्र हाजिर हुन । यसप्रकारका राजनीतिक मजाक नगर्न म विप्लवलाई आग्रह गर्छु। अलि बढ्ता भयो’ अब देश त्यस्ता अनावश्यक कुरामा नअलमलिने भन्दै ओलीले देश विकासमा आफू केन्द्रित भएको सुनाए । देशमा सद्भाव खलबल्याउने प्रयास भइरहेको भन्दै ओलीले त्यस्ता प्रयास असफल हुने बताएका छन् । ‘ट्याउँट्याउँ आवाज आइरहेको छ । कहाँबाट आएको छ यो ?’ ओलीले प्रश्न गरे ।

ओलीले चैत २३ गतेदेखि आफू भारत भ्रमणमा जान लागेको जानकारी दिँदै उक्त भ्रमणले दुर्इ देशबीचको सहकार्य झनै बढ्ने बताए । त्यस्तै अर्को छिमेकी मित्रराष्ट्र चीनसँगको सम्बन्ध पनि अत्यन्तै राम्रो भएको बताउँदै ओलीले नेपाललाई सहयोग गर्न चीन तयार रहेको स्पष्ट पारे ।

भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने दाबी गर्दै ओलीले नेपाललाई छिमेकीसँग मिलेर समृद्धिको यात्रामा अगाडि बढाउने पनि विश्वास दिलाए । आगामी तीन वर्षभित्रमा कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुनुपर्ने लक्ष्य स्मरण गराउँदै प्रधानमन्त्री ओलीले व्यापार घाटा कम गर्न सकिएन भने लक्ष्य हाँसिल नहुने बताए । ओलीले नेपालको व्यापार घाटा अत्यन्तै डरलाग्दो अवस्थामा रहेको सुनाउँदै भने, ‘हामी अहिले बेच्छौँ सात रुपैयाँको, किन्छौँ ९३ रुपैयाँको । कहाँबाट किन्ने ? यो घाटा इतिहासमै सबैभन्दा बढी नकारात्मक विन्दुमा पुगेको हो । यसलाई केही समयभित्रमा नै सकारत्मक दिशामा लैजान्छौँ ।’उनले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमलाई सरकारले अनुचित थिचोमिचो गर्छ भन्ने भ्रमको पछि नलाग्न आग्रह गर्दै भने, ‘वामसरकारले अधिनायकवाद ल्याउँछ । प्रेस स्वतन्त्रता हनन् गर्छ भन्ने सुन्नुभएको होला’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता हल्लाका पछि नलाग्नुहोस् सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ ।’

प्रधानमन्त्री ओलीले जनतामा राजनीतिक मात्र हैन सामाजिक, आर्थिक, जागरण पनि चाहिएको बताए । राजनीतिक र सामाजिक संरचनामा धेरै उथलपुथल आएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण अब हाम्रा व्यवहारमा पनि त्यस्तै परिवर्तनको आवश्यक छ ।’

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width