लेखनाथ, १७ चैत। स्थापनाको २१ वर्षपछि पोखरा विश्वविद्यालयमा पहिलो पटक चैत २१ मा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुँदैछ। पहिलो स्ववियु निर्वाचन भएकाले विद्यार्थी संगठनबीच स्ववियु संस्थापक बन्ने होडमा रस्साकसी चलेको छ।
निर्वाचनको लागि विभिन्न विद्यार्थी संगठनसँगै केही स्वतन्त्र गरी ५४ उम्मेदवारले मनोनयन दर्ता गरेकोमा १ सभापतिसहित २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचनमा ११ जना प्रत्यक्ष र ८ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत १९ सदस्यीय समिति चयन हुनेछ।
निर्वाचनका लागि एमालेनिकट अनेरास्ववियु, काँग्रेसनिकट नेपाल विर्द्यर्थी संघ, माओवादी निकट अखिल क्रान्तिकारी, संघीय समाजवादी फोरमनिकट संघीय समाजवादी विद्यार्थी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंले निर्वाचन कार्यालयमा आ-आफ्नो संगठन दर्ता गराएका छन्।
समानुपातिकतर्फ निर्वाचनका लागि दर्ता भएका ५ संगठनले ८/८ जनाको नाम रहेको बन्दसूची यसअघि नै निर्वाचन समितिमा बुझाएका थिए। अखिल छैटौंले सचिवमा हेमन्त रानामगरलाई मात्र उम्मेदवारी दिएको छ भने अन्य संगठनले सबै पदमा उम्मेदवार उठाएका छन्। अनेरास्ववियूबाट सभापतिमा सुनिल तिमिल्सिना, नेपाल विद्यार्थी संघबाट डिफान भुजेल, अखिल क्रान्तिकारीबाट सधन पन्तको उम्मेदवारी कायम रहेको छ भने स्वतन्त्र रुपमा कुशुम शिला भट्ट र सुभाषप्रसाद पौडेलबीच प्रतिष्पर्धा छ ।
पार्टीएकता तयारी गरिरहेका एमाले-माओवादी केन्द्रनिकटका विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारीबीच गठबन्धन गरेर चुनावी मैदानमा जाने प्रयास भएकोमा भागबन्डामा नमिल्दा प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । उता, अखिल क्रान्तिकारीसँग कुरा नमिलेपछि अनेरास्ववियु र संघीय समाजवादी फोरमबीच समीकरण भएको छ । समाजवादी फोरमले सहसचिव र एक सदस्य पाएको छ भने अन्य पदमा अनेरास्ववियुका उम्मेदवारलाई सघाउने सहमति छ। निर्वाचनमा २ हजार १ सय १७ जना विद्यार्थीले मतदान गर्ने निर्वाचन समिति सदस्य सचिव रोशन पाण्डेले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९