पोखरा, १७ चैत । सिजी मिस नेवा पोखरा ११३८ को उपाधि प्रीति बुद्धाचार्यले जितेकी छन् । २० प्रतिष्पर्धीलाई पछि पार्दै उनले ४० हजारसहितको सो उपाधि जितेकी हुन् । नेवाः खल कास्कीले आयोजना गरेको सो प्रतियोगिताको ग्रान्ड फिनालेमा उनले वेस्ट ट्यालेन्ट र वेस्ट नेवारी भाषाको समेत टाइटल हात पारिन्। उनले नेवारी भाषा, संस्कृति र मौलिकता जगाउने अग्रसर हुने प्रतिवद्धता गरिन्।
फस्ट रनरअप प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप जेनिफर श्रेष्ठ बने। प्रियंकाले २५ हजार र जेनिफरले १५ हजार पुरस्कार पाए ।
वेस्ट पर्सनालिटी रोजिना ताम्राकार, वेस्ट प|mेन्डली सन्ध्या श्रेष्ठ, वेस्ट फोटोजेनिक सृष्टि श्रेष्ठ र सचिता ताम्राकारले जिते। उनीहरुलाई जनही ५ हजारका साथमा विभिन्न उपहार दिइयो। कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले नेपाली सुन्दर र सुन्दरीहरु बस्ने देश भएको बताए।
नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले नेवारी युवतीमा संस्कार, भाषा र आत्मविश्वास बढाउन प्रतियोगिता सहायक सिद्ध भएको उनको भनाइ छ।
मिस नेवाका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले मिस नेवाबाट नेवारी महिला सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरे।
निर्णायकमा डा इन्द्र महर्जन, ध्रुव श्रेष्ठ, पोमनारायण श्रेष्ठ, रात्नकाजी महर्जन, रञ्जिता कर्माचार्य, कल्याणी श्रेष्ठ र शमशेरबहादुर नुछे प्रधान थिए। कार्यक्रम सञ्चालन प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठ, सारा बजिमय र सेलिका श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९