पोखरा, १७ चैत। लमजुङका टसबहादुर गुरुङ प्रदेश ४ स्तरीय प्रथम गोर्खाली लोकतारा-२०७४ प्राप्त गर्न सफल भएका छन्।
गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराले आठौं वाषिर्कोत्सवको अवसरमा शनिववार आयोजना गरेको उक्त प्रतियोगिताको अन्तिम चरणमा १० जना प्रतिष्पर्धीबीच गुरुङ विजयी भएका थिए।
उनले ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
अन्य प्रतिस्पधी कलाकारमा दुर्गा रोका मगर म्याग्दी, इन्द्रकुमारी दुरा लमजुङ, कमला केसी बागलुङ, सुस्मा विसी कास्की, दर्शन परियार स्याङ्जा, सरिता घिमिरेे लमजुङ, खगेन्द्र थापामगर दाङ, गणेश घिमिरे खोटाङ, अशोक बस्याल बागलुङ रहेका छन्।
कार्यक्रमको समापनमा विजयी टसबहादुर गुरुङसहित सबै कलाकारलाई सम्मान गरिएको थियो।
रेडियोका अध्यक्ष शशी तुलाचन, गोर्खा कम्युनिटी पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङ, कार्यक्रम संयोजक खिमा गुरुङ, सहप्रायोजक दुर्गा गुरुङ मिलनले टिका, फूलमाला र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।
यसैगरी, अतिथि कलाकार शर्मिला गुरुङ, शंकर विरही गुरुङ, जुना क्षत्री, विकास नेपाली, कार्यक्रम सञ्चालक सुरेन्द्र गुरुङलगायतका कलाकारलाई सम्मान गरिएको थियो।
यसैगरी, प्रतियोगिताको निर्णायक समितिका संयोजक नवराज बराल, सदस्य बालुमाया पुन र दुर्गा गुरुङलाई सम्मान गरियो।
उक्त कार्यक्रमको उद्घाटन कास्की क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले गरेका थिए।
त्यस अवसरमा प्रमुख अतिथि अधिकारीले संगीत क्षेत्रको विकासमा रेडियो गोर्खालीको योगदान सह्रानीय रहेको बताए।
कार्यक्रमको अध्यक्षता रेडियोकी अध्यक्ष शशी तुलाचनले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९