हल्लनचोकदेखि खहरे पूर्ण सरसफाइ क्षेत्र

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४
cleaning

पोखरा, १७ चैत।पोखराको हल्लनचोकदेखि खहरेसम्मको क्षेत्रलाई पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिएको छ । पोखरा उपत्यका बृहत् सफाइ अभियानअन्तर्गत स्थानीय खहरे आमा समूहको सक्रियतामा १ वर्षसम्म हरेक हप्ता सरसफाई गरी सो क्षेत्रलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गरिएको हो ।

नागरिक समाज पोखरा र वडा कार्यालय ६ को सहआयोजनामा समूहले शनिबार सरसफाइ क्षेत्र घोषणा गर्दै आफ्नो वाषिर्कोत्सव मनायो । गत वर्ष २०७३ चैत १२ गते तत्कालीन क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाबाट शुरु अभियान हरेक हप्ता शनिबार चलेको थियो ।

पोखराका मठमन्दिरमा समेत गरी ५८ औं हप्तासम्म समूहले सरसफाइ कार्यक्रम गरेको थियो । घोषणापछि हल्लनचोकदेखि खहरेसम्मको क्षेत्र सरसफाइ क्षेत्र बनेको वडा सदस्य एवं सरसफाइ संयोजक हरिकृष्ण पहारीले बताए।

बृहत् सफाइ अभियानको ९६ औं श्रृंखलाका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख यदुप्रसाद पन्थीले विशेष कार्यक्रमबीच उक्त घोषणा गरेका हुन् ।

घेाषणा गर्नु पूर्व अभियानका संयोजक रामबहादुर पौडेलले वडा अध्यक्ष जगतबहादुर पहारीलाई नेपालकै राष्ट्रिय सम्पदा फेवाताल, ऐतिहासिक रत्नमन्दिर-हिमागृह, चौतारी, खोलानाला, मठ मन्दिर एवं बसुन्धरा-कोमागाने पार्कको उचित संरक्षणसँगै समग्र वडाको नियमित सरसफाइ गर्ने कार्यलाई विशेष प्राथमिकतामा राख्नेछु भन्ने व्यहोराको प्रतिबद्धता पत्र वाचन गराई हस्ताक्षर गराएका थिए ।कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारीले सफाइ अभियानको प्रशंसा गर्दै फेवाताल संरक्षणका लागि आफू कटिबद्ध रहने वाचा गरेका थिए ।

यसअघि नागरिक समाज पोखराका हालै निर्वाचित संयोजक विष्णुहरि अधिकारीले राष्ट्रिय गान बजाई कार्यक्रमको शुभारम्भ गरेका थिए भने वडा अध्यक्ष जगत पहारीले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

पोखरा लेखनाथ महानगरपालिकाले डष्टबिन प्रायोजनका लागि ३० वटा थुन्से डोको र प्लाष्टिक थैलो, कमल भुजेलले थुन्से र डष्टबिन खहरे आमा समूहलाई प्रदान गरेका थिए।

यस्तै, अमेरिकामा बसोबास गर्ने कमल भट्टराईले अभियानका लागि फोहोरमैला टिप्ने १० थान आधुनिक चिम्टा र ओम डेभलपमेन्ट बैंकले १० प्याकेट डिस्पोजल ग्लोब उपलब्ध गराएका थिए ।

कार्यक्रममा खहरे आमा समूहका अध्यक्ष मैया थापाले उपस्थिति जनसमुदायलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

यसपटकको अभियानमा नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, ड्यामसाइड टोल विकास संस्था, अभियान महिला समूह, माछापुच्छे्र महिला क्लब, सृजनशील महिला समूह सेदीबगर, धादिङ-त्रिपुरा बाराही आमा समूह, हाम्रो क्रिउ स्काउट समूह, रेन्बो चिल्डे्रन होम, उपकार बचत तथा ऋण सहकारी संस्था, पश्चिमाञ्चल होटल संघ, महिला पर्यटन व्यवसायी मञ्च, सामुदायिक सेवा केन्द्र बैदाम, मितेरी नारी समूह, सामाजिक अभियन्ताहरु केन्द्र बैदाम, मितेरी नारी समूह, सामाजिक अभियन्ताहरु जनप्रतिनिधिहरु लगायत स्थानीय टोलबासीहरुको ऐक्यबद्धता रहेको खहरे आमा समूहका सचिव पम्फा थापाले जानकारी दिइन् ।

९७ औं हप्ताको सफाइ अभियान मणिपाल शिक्षण अस्पतालसँगैको सेती-काली दोभानघाट (रिठ्ठेघाट) हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width