पोखरा, १७ चैत । पाल्पाली समाज पोखराको १६ औं वाषिर्क साधारणसभा तथा नवौ अधिवेशन शनिबार सम्पन्न भयो ।
साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि समाजका सल्लाहकार शिक्षाविद् जनपुकार मुनकर्मीले आफ्नो जन्थमलो बिर्सन नहुने बताए । पीएन क्याम्पसका प्राध्यापक समेत रहेका मुनकर्मीले समाज पाल्पालीको दुःखसुखको थलो हो भने । आगामी दिनमा पनि समाजले अझ रचनात्मक कार्यक्रमलाई अगाडि बढाउनुपर्ने सुझाव दिए । समाजमा अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेललाई समाजमा अनवरत रुपमा सहयोग गरेकोमा सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा गुल्मेली समाज पोखराका अध्यक्ष लक्ष्मण भण्डारी, अर्घखाँची सर्म्पर्क समाज पोखराका अध्यक्ष कृष्णप्रसाद पाण्डे, समाजका सल्लाहकार एवं संरक्षक चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार एवं संस्थापक सचिव लोकनाथ काफ्ले, जगदीश गौतम, डा. हुमप्रसाद न्यौपाने, सल्लाहकार नारायणप्रसाद पौडेल, पूर्व सल्लाहकार तारा काफ्ले, सदस्य अनन्त अधिकारी लगायतले समाजको गतिविधि एवं महत्वबारे बोलेका थिए ।
नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आयोग संयोजक नारायणप्रसाद पौडेल संयोजक रहेकोमा सदस्य सल्लाहकार चिरञ्जीवी श्रेष्ठ र जगदीश गौतम थिए । वनभोजबीच भएको कार्यक्रममा स्वागत सदस्य माधवी पाण्डेय, सञ्चालन महासचिव बालचन्द्र परियार र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कुलप्रसाद घिमिरेले गरेका थिए । अध्यक्ष बाबुराम खनालले आफ्नो कार्यकालमा सहयोग पुर्याउनेलाई मायाको चिना प्रदान गरेका थिए ।
यस्तै, महासचिव परियार र केाषाध्यक्ष केशव नेपालले प्रस्तुत गरेको प्रतिवेदन आवश्यक छलफलपछि पारित भएको थियो ।
यसैबीच, समाजबाट सहकारी स्थापनाको शुरुवातका लागि चिरञ्जीवी श्रेष्ठको संयोजकत्वको जिम्मा दिइएको छ ।
पाल्पाली चौतारो नामबाट शुरु पाल्पाली समाज पोखरा स्थापनाको २३ औं वर्ष पार गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९