हेमजा, १७ चैत । भारतीय भूपू गोर्खा सैनिक कल्याणकारी समिति हेमजाले शनिबार २०७५ सालको क्यालेन्डर विमोचन गरेको छ ।
भूपू सैनिक गोर्खा व्रि्रेड पोखराका अध्यक्ष क. कमानसिंह गुरुङले उक्त क्यालेन्डर विमोचन गरेका हुन ।
उनले भारतीय भूपू गोर्खा सैनिकको एकतामा जोड दिँदै एकताले नै संगठन मजबुत हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा भारतीय भूपू गोर्खा सैनिक कल्याणकारी समितिका जिल्ला अध्यक्ष सु.मे. हेमप्रसाद गुरुङ, जनमोर्चा हेमजाका अध्यक्ष तमबहादुर रोक्का, समाजसेवी मधुसुदन त्रिपाठी, गौरीशंकर क्याम्पसका क्याम्पस प्रमुख ओमबहादुर कुँवर, सिएलसी हेमजाकी अध्यक्ष विष्णुकुमारी श्रेष्ठ, विज्ञापन दाताको तर्फबाट रामबहादुर विक, शेयर सदस्य बिन्दु केसी लगायतले बोलेका थिए ।
प्रकाशन समितिका संयोजक सुवेदार दानबहादुर भुजेलले सबैको सहयोगबाट पहिलो पटक भारतीय भूपू गोर्खा सैनिक कल्याणकारी समिति हेमजाले क्यालेन्डर प्रकाशन गरेको जानकारी दिँदै संस्था विशुद्घ गैर राजनीतिक भएको चर्चा गरे । त्यस अवसरमा आजीवन सदस्यता समेत वितरण गरिएको थियो ।
सैनिक कल्याणकारी समितिका उपाध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रकाशन समितिका संयोजक दानबहादुर भुजेलले स्वागत तथा कार्यक्रमको सञ्चालन सचिव अम्वरबहादुर जिसीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
पोखरामा जाग्दो भैरव नाच
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
माघ १३, २०७९के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९