पोखरा, १७ चैत। नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति, कास्कीद्वारा प्रकाशित ज्योतिषवाणी पुस्तक शनिबार विमोचन गरिएको छ। परिषदको १५ औं वाषिर्कोत्सव अवसरमा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो।
प्रमुख अतिथि केदारेश्वर महादेवमणि सेवाश्रमका पीठाधीश एवम् अध्यक्ष सन्तगुरु डा लेखनाथ आचार्य र गलेश्वर आश्रम देवघाटधाम पिठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।
डा आचार्यले ज्योतिषशास्त्र मर्यादित र सम्मानित हुन सके सत्यनिष्ठामा रही सर्वजनहितार्थ सर्वजन सुखको भावनालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले ज्योतिष कर्म वैदिक विज्ञान रहेको उल्लेख गरे। उनले ज्योतिष विधाको सही सदुपयोग गरे समाजको कल्याण हुने बताए। उनले उपभोक्तालाई ज्योतिषले सही फलादेश संप्रेषण गर्नुपर्नेमा जोड दिए। पुस्तक समीक्षा गर्दै समीक्षक उपप्राडा जगन्नाथ रेग्मीले पुस्तक पठनीय रहेको बताए। सम्पादक शिवदत्त रेग्मीले पुस्तकबारे चर्चा परिचर्चा गरेका थिए। कार्यक्रममा जगमान गुरुङ, प्रेमकुमारी गुरुङ, कल्याण पन्त, हिरा काश्यप शास्त्री, नारायण बराल, रामप्रसाद कोइराला, पिताम्बर पौडेल, होमनाथ पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति कास्कीलाई आर्थिक एवम् भौतिक तथा पुस्तक प्रकाशनका लागि सहयोग गर्ने सहयोगी प्रेमकुमारी गुरुङ, खीनादेवी पौडेल, नारायण बराल, रामेश्वर अधिकारी, बामदेव बस्ताकोटी, भीमप्रसाद कोइराला, होमनाथ पोखरेल, हिरा काश्यप शास्त्री, टेकनाथ भण्डारी, दुर्गा आचार्य दाहाल लगायतलाई सम्मानपत्रद्वारा विशेष सम्मन गरेको थियो। आजीवन सदस्य र संस्कृत भाषा प्रशिक्षार्थीसमेतलाई प्रमाणपत्र वितरण गरिएको थियो।
अध्यक्ष वासुदेव सुवेदीले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष केदारप्रसाद लम्सालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष प्रेमकुमारी गुरुङले १० हजार १ सय ११ रुपैयाँ अक्षयकोषको स्थापना गरेकी छन्। परिषद् समिति अध्यक्ष वासुदेव सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा आचार्य दाहालले स्वागत र महासचिव रामजीप्रसाद आचार्यले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
धनराज र मञ्जु जीत नजिक
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९