/fi6«klt e08f/Laf6 k|ltlglw;ef / /fli6«o ;efsf] a}7s ;Daf]wg /fi6«klt ljBfb]jL e08f/L ;+3Lo ;+;b ejg gofF afg]Zj/df k|ltlglw;ef tyf /fli6«o ;efsf] ;+o’Qm a}7snfO{ laxLaf/ ;Daf]wg ug'{x’Fb} . ;fydf pk/fi6«klt gGbaxfb’/ k’g / ;efd’v s[i0faxfb’/ dx/fnufot . tl:a/M /Tg >]i7, /f;;
काठमाडौं, १५ चैत। राष्ट्रपति विद्यादेवी भण्डारीले समुन्नत समाज निर्माणमा एक भएर अघि बढ्न आहृवान गर्दै त्यस्तै नेपालमा अब असाधारण सम्भावनाको ढोका खुलेको बताएकी छन्। राष्ट्रपति भण्डारीले संसद् भवन नयाँवानेश्वर पुगेर बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा सम्बोधन गर्दै अबको नेपाल मनोमालिन्य र कुनै पनि किसिमको शोषण र दमनबाट मुक्त हुनुपर्ने पनि बताइन्। उनले यसवर्ष सम्मपन्न तीनै तहका निर्वाचनबाट जनताले आफूले बनाएको संविधानलाई बलशाली भएको बताइन्।
आमजनताले निर्वाचनमा जनाएको सहभागिता र उत्साहले सम्मृद्ध नेपाल बनाउने अभिभारा थपिदिएको भन्दै ‘विकासको फलमा सबैको समान पहुँच, श्रोतसाधनको सदुपयोग गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताइन्। मित्र राष्ट्रसँग सहकार्य गर्दै अघि बढ्न आहृवान गर्दै शहीदको सपना साकार पार्ने समय आएकाले समुन्नत समाज निर्माणमा एक भएर अघि बढ्न आव्हान गरेकी छन्।
राष्ट्रपति भण्डारीले भनिन्, ‘लोकतान्त्रिक संविधान जारी भएपछि प्रारम्भ भएको पछिल्लो र महत्वपूर्ण संक्रमणकालको अत्यन्त महत्वपूर्ण चरण अब पूरा भएको छ। हामी यतिबेला जनताद्वारा निर्वाचित संविधानसभाबाट जारी गरिएको आधुनिक लोकतन्त्रका आधारभूत मान्यतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन गर्ने दिशामा तीव्र गतिका साथ अगाडि बढिरहेका छौँ।’ उनले अब देश संविधानले निर्दिष्ट गरेको दिशामा आर्थिक विकास र समृद्धि हासिल गर्न अग्रसर हुनेछ विश्वास व्यक्त गर्दै जनताको संवैधानिक तथा कानूनी अधिकार एवं मानवअधिकारको प्रभावकारी कार्यान्वयन गर्दै न्यायपालिकालाई सुदृढ पार्न पनि सबैको ध्यानाकर्षण गराइन्। राज्यका सबै अंग, सार्वजनिक, सहकारी, समुदाय र निजी क्षेत्रमा आर्थिक अनुशासन र सदाचारको भावना प्रबल हुनुपर्नेतर्फ जोड दिदै भर्खरै सम्पन्न भएका निर्वाचनमा नेपाली जनता उत्साहपूर्ण रूपमासहभागी भएर कतै कुनै मतभेद र समस्या भए शान्तिपूर्ण विधिमार्फत वर्तमान संविधानले सुनिश्चित गरेको लोकतन्त्रको उच्चतम अभ्यासमार्फत जनप्रतिनिधि संस्था भित्रैबाट हुनुपर्दछ भन्ने अभिमत व्यक्त गरेको पनि दाबि गरिन्।
नेपाली समाजको भौगोलिक, सांस्कृतिक वा जातीय विविधतायुक्त सामाजिक वास्तविकता पनि यस संघीय संसद्मा प्रतिविम्बित भएको प्रसंग उल्लेख गर्दै राष्ट्रिपति भण्डारीले संसद् नेपालको विविधताबीचको एकताको उत्कृष्ट उदाहरण बताए। निर्वाचित निकायमा महिलाको एकचालीस प्रतिशत उपस्थितिले गौरवबोध गराएको भनदै पछाडि परेका समुदायको समेत उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित गरेर विश्वकै सामु दृष्टान्त प्रस्तुत गरेको बताइने।
राष्ट्रपतिले भनिने, ‘नेपाली जनता अब फेरि आफ्नो गौरवशाली इतिहास र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यका साथ जागरुक हुन जरुरी छ। कुनै समयमा वौद्धिकता र सम्पन्नताको केन्द्र रहेको यस भूमिलाई पुनःजागरणको युगमा पदार्पण गराउने क्षमता हामीले देखाउन आवश्यक छ। सबैका लागि समान अधिकार र समान अवसरको संवैधानिक प्रत्याभूति भएको आजको परिवेशमा हामी देश र जनताको माग र आवश्यकता अनुसार अब तीव्र गतिमा समृद्धिको यात्रातर्फ अग्रसर हुनै पर्दछ।’पुरानो युगबाट नयाँ युगतर्फको संक्रमण सामान्य राजनीतिक परिवर्तन मात्र नभएको उल्लेख गर्दै यो युगान्तकारी परिवर्तनसँगै नेपालको इतिहासमै असाधारण सम्भावनाको ढोका खुलेको उनको भनाइ थियो। सामाजिक जीवनमा असमानताको अन्त्य र न्यायको प्रारम्भ हुने आधार स्थापित भएको र विकासको फलमा सबैको समान पहुँच स्थापित हुने न्यायपूर्ण भविष्यको स्पष्ट सड्ढेत देखिएको समेत राष्ट्रितले उल्लेख गरिन्। नेपालको संविधानमा व्यवस्था भए बमोजिम राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनलाई सम्बोधन गरेकी हुन् ।
राष्ट्रपति भण्डारी संघीय संसद् भवन पस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, सरकारका मन्त्री लगायत विशिष्ट व्यक्तिले स्वागत गरेका थिए। राष्ट्रपतिका स्वागतका लागि संसद् भवनलाई सिंगारेर दुलहीजस्तो बनाइएको थियो। संसद् प्रवेशद्वारमा रातो कार्पेट बिछ्याउनुको साथै पूर्वी भागमा पानीको फोहरा तथा रंगीचंगी फूलका गमलाले सजिसजाउ पारिएको थियो। राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो। संविधानको धारा ९५ को दफा २ मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
त्यसैगरी सोही धाराको दफा १ मा संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आहृवान गर्न सक्ने व्यवस्था छ। प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य छन्।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९