पोखरा, १४ चैत । नेपाल र भारतबीच भएका असमान सन्धि-सम्झौता खारेजी तथा पुनरावलोकन गर्दै दुवै मुलुकलाई समान हित हुने किसिमका नयाँ सन्धि सम्झौता गर्नुपर्नेमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले जोड दिएका छन् ।
नागरिक समाज पोखराको बिहीबार सातौं साधारणसभामा प्रमुख अतिथि श्रेष्ठले नेपाल र भारतबीच भएका अधिकांश सन्धि-सम्झौता नेपालको हितमा नरहेकाले खारेज वा पुनरावलोकनका लागि नेपालले सशक्त कदम चाल्नुपर्नेमा जोड दिए । उनले १९५० को सन्धिको धारा १० ले संशोधनको छुट नदिएकाले यसलाई खारेजी नै गरेर नयाँ समान हैसियतको सन्धि गर्नुपर्ने बताए ।
नेपालको सीमामा भारतले अतिक्रमण गरिरहेको उल्लेख गर्दै उनले दुर्इ देशका विज्ञ बसेर अन्तर्राष्ट्रिय नक्साअनुसार सीमांकनको काम टुंगाएमा हाल भारतले अतिक्रमण गरेको नेपाली भूभाग नेपालले नै पाउने बताए । उनले सुगौली सन्धिमा गुमेको नेपाली भूभाग फिर्ता पाउन नेपालले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेमा गुमेको भूमि नेपालकै हुने जनाए । चीनले आफ्नो भूभाग हङकङलाई लामो समयपछि ब्रिटिसबाट फिर्ता लिएको उदाहरण दिँदै उनले नेपालले पनि पहल गरेमा फिर्ता आउने जनाए । ‘सीमा भनेको संवेदनशील तत्व हो । सीमा मिचिए जनताको भूगोल फेरिन्छ । मुलुकको क्षेत्रफल साँघुरिन्छ,’ उनले भने, ‘यो समस्या कुटनीतिक तवरले नै सल्टाउने हो । २ सय नम्बरको जंगेपिल्लरका कारण गोविन्द गौतमजस्ता होनहार युवाले गत वर्ष ज्यान गुमाउनुपर्यो । अवोध नागरिकले मृत्युवरण गरे । यसरी हुँदैन ।’
सीमाविद् श्रेष्ठले सिंगापुर, मलेसिया जस्ता देश एउटै व्यक्तिका कारण बनेकाले नेपालमा पनि त्यस्ता व्यक्तिको खाँचो औंल्याए । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन गर्दा मुलुक नै उज्यालो भएको भन्दै उनले यस्ता व्यक्तिहरुले आफ्ना विभाग व्यवस्थापन गरेमा मुलुक यसै समृद्ध बन्ने उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९