पोखरा, १४ चैत । नागरिक समाज पोखराको नेतृत्व परिवर्तन भएको छ । समाजको सातौं साधारणसभाले विष्णुहरि अधिकारीलाई संयोजकमा चयन गरेको हो ।
यस्तै, समाजको सहसंयोजकमा इन्द्रकमल मानन्धर, प्रवक्ता ठाकुरप्रसाद बराल, अर्थ संयोजक पवित्रा जिसी र सहप्रवक्ता पार्वती पौडेल चुनिएका छन् ।
यस्तै, संस्थापक संयोजक रामबहादुर पौडेल, सदस्य दुर्गा अधिकारी, शशी तुलाचन, अर्जुन भण्डारी, गोकुलबहादुर कार्की, सावित्री शर्मा, धीरज थापा, इ किसानसिंह गुरुङ, कल्याण पन्त, विन्ध्येश्वरी बराल, सुनिल पाण्डे, हरिश्चन्द्र अधिकारी, हीरादेवी बास्तोला, नरेन्द्र लालचन, रामचन्द्र लामिछाने, शिवप्रसाद बास्तोला, र्सूयनाथ पहारी, सुजन गुरुङ, ममता सुनाम र लक्ष्मी लामिछाने छन् ।
प्रमुख अतिथि सीमाविद् बुद्धिनारायण श्रेष्ठले साधारणसभा उद्घाटन गरे । सो अवसरमा उनले नागरिक समाज पोखराले सामाजिक क्षेत्र र नागरिकका हकअधिकार सवालमा उल्लेख्य काम गर्न सकेकोमा प्रसन्नता प्रकट गरे । उक्त अवसरमा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई नागरिक समाज पोखराले सम्मान गरेको छ । प्रमुख अतिथि श्रेष्ठले आदर्श समाज दैनिकका प्रधानसम्पादक समेत रहेका अग्रज पत्रकार बास्तोलालाई कदरपत्र प्रदान गरेका थिए ।
स्वतन्त्र पत्रकारिता मार्फत् राष्ट्रिय हित प्रवर्द्धनसँगै सुन्दर, व्यवस्थित एवं वातावरणमैत्री पोखरा निर्माण अभियानमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
सम्मानितपछि अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकार र नागरिक समाजका उद्देश्य उस्तै रहेको बताउँदै विभिन्न समयमा सहकार्य गरेर कार्यक्रम गरेको स्मरण गरे । उनले आगामी दिनमा पनि सँगै अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले निःस्वार्थ ढंगले अघि बढेको नागरिक समाजका अगुवाको क्रियाशीलता उदाहरणीय रहेको बताए । उनले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि गम्भीर रहेको भन्दै नागरिक समाजसँगै मिलेर अघि बढ्ने बताए ।
वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले भ्रष्टाचारमुक्त भए मुलुक समृद्ध हुने भन्दै सबैले भ्रष्ट आचरण त्याग्नुपर्ने बताए । उनले स्वार्थरहित यो अभियान जारी रहोस् भन्ने शुभेच्छा प्रकट गरे । खहरे आमा समूहकी अध्यक्ष मैया थापाले नागरिक समाजसँगको सहकार्य निरन्तर रहने र संघसंस्थाको साथ सदैव रहने विश्वास दिलाइन् ।
समाजका संयोजक नागरिक अभियन्ता रामबहादुर पौडेलले प्रत्येक हप्ताको सरसफाइ अभियानमा पोखरेलीको अटुट साथ मिलेकोमा सन्तोष व्यक्त गर्दै यो सामाजिक काममा सबैको सहयोगको अपेक्षा गरे । पौडेलले अभियानका नाममा कसैसँग एक रुपैयाँ संकलन नगरेको, राजनीतिक दलको झण्डा नओढेको, केही कुरामा बागेनिङ नगरेको स्मरण गर्दै स्वाभिमानको यो यात्रा कहिल्यै नटुंगिने बताए । संयोजक पौडेलको अध्यक्षतामा भएको साधारणसभामा प्रवक्ता ठाकुरप्रसाद बरालले वाषिर्क प्रगति प्रतिवेदन तथा अर्थ संयोजक पवित्रा जिसीले आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । नागरिक समाजका अगुवा शशी तुलाचनले नयाँ नेतृत्वको कार्यसमितिको परिचय दिएकी थिइन् भने प्रमुख अतिथि सीमाविद् बुद्धिनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
उक्त अवसरमा नागरिक समाज पोखराद्वारा प्रकाशित स्मारिका लोकार्पण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९