पोखरा, १५ चैत । रक्तिम सांस्कृतिक अभियान कास्कीको आयोजनामा पोखरामा प्रशिक्षण शिविर उद्घाटन गरिएको छ ।
प्रमुख अतिथि रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय अध्यक्ष तथा जनगायक जीवन शर्माले शिविर उद्घाटन गर्दै कला, साहित्य र संस्कृति माध्यमबाट समाज रुपान्तरण गर्ने अभियानमा निरन्तर लाग्नु सहज नभएको बताए ।
सर्वहारा वर्गीर्य संस्कृतिको विकासमा प्रगतिशील पक्षले सहयोग पुर्याउनुपर्ने उनले बताए।
अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापाले उदयमान युवक समाज परिवर्तनको दिशामा जागरुकता साथ लाग्नुपर्ने बताए।
रक्तिम जिल्ला अध्यक्ष बिमल पाण्डेको अध्यक्षतामा संचालित कार्यक्रममा अखिल नेपाल युबक संघका के अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य चन्द्रबहादुर केशी, प्रदेश अध्यक्ष शंकर बराल, प्रदेश सभाका सांसद कृष्ण थापा, अखिल (छैठौं )केन्द्रिय सचिव गणेश अधिकारी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रविमोहन ढकाल, युवक संघ जिल्ला अध्यक्ष विक्रम थापा, रक्तिम जिल्ला इञ्चार्ज आकाश गौतम, संगम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन रक्तिम जिल्ला कोषाध्यक्ष दिलेन्द्र बुढाले गरेका थिए भने स्वागत जिल्ला सदस्य अर्जुन शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।
सैद्धान्तिक, राजनीतिक तथा सांस्कृतिक प्रशिक्षण ३ दिनसम्म चल्ने जिल्ला सदस्य अर्जुन शर्माले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९