पोखरा, १५ चैत । नेवाः खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ११३८ को तयारी पूरा भएको छ। पोखरा सभागृहमा चैत १६ मा हुने सो प्रतियोगितामा २० युवतीको सहभागिता रहनेछ ।
पोखरामा बुधबार सम्मेलन सम्मेलनमा नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले नेपाल सम्वत् ११३१ देखि शुरु मिस नेवाले संस्कृति संरक्षणमा योगदान गरेको बताए।
उनले मिस नेवा अचेल बजारमा भइरहने जस्तो सुन्दरी प्रतियोगिता नभएको उल्लेख गरे। उनले भने, ‘यो सांस्कृतिक प्रतियोगिता हो। नेवारी कला, संस्कार, भाषा, संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र नेवारी युवतीलाई विभिन्न सीप सिकाएर सक्षम बनाउनु यसका उद्देश्य हुन्।’
प्रतियोगितालाई व्यक्तित्व, नेतृत्व विकासका तालिम, भ्रमण, नेवारी भाषा, समसामयिक विषयवस्तु लगायतबारे प्रशिक्षण दिइएको प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले बताए।
विजेतालाई ताजसहित, नगद ४० हजार, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिनेछ। फस्ट रनरअपले नगद २५ हजारका साथमा प्रमाणपत्र र उपहार पाउने छन्।सेकेन्ड रनरअपले नगद १५ हजारका साथमा प्रमाणपत्र र उपहारहरु पाउने छन्।
प्रतियोगीमध्ये उत्कृष्ट नेवारी भाषा प्रस्तुत गर्ने १ जनालाई विशेष उपाधिका साथमा नगद ७ हजार, प्रमाणपत्र र उपहार प्रदान गरिनेछ।
यसैगरी, वेस्ट ट्यालेन्ट, वेस्ट स्माइल, वेस्ट पर्सनालिटी, वेस्ट फोटोजेनिक, भ्यूअर्स च्वाइस र मिस प|mेन्डलीले जनही ५ हजारसहित प्रमाणपत्र र उपहार पाउने छन्।
संस्थाका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव आनन्द श्रेष्ठ र सञ्चालन प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९